News 24 Television
संसद भवनमा खटिएका प्रहरी जवानले  आफैँलाई गोली हाने

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका एक जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
  
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । गोलेको उनको घटनास्थलमै मृत्यु भएको छ। 

दोलखा घर भएका प्रहरी २२ वर्षीय गोले संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका थिए ।  प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेकाे प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाे छ । घटनासम्बन्धी  विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update