काठमाडौँ । सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित बिक्री वितरण हँुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा बिक्री वितरण हुँदैं आएको तथ्य बाहिरिएको छ । कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश तेलबारे उठेको सार्वजनिक प्रश्नपछि काठमाडौं महानगरपालिकाले अनुसन्धानका लागि भन्दै उद्योगमा तालाबन्दी नै गरिदिएको छ ।
कपाल झर्ने समस्याबाट ग्रसित बनेका जोकोहीले भन्न थालेका थिए, श्रीकेश तेलले कपाल उमार्छ । श्रीकेशले प्रचारप्रसारमा यति ध्यान दिएको थियो कि, चर्चा र विवादमा आउने कार्यक्रमदेखि सञ्चार माध्यममा समेत विज्ञापन छरपष्ट पारेको थियो । अझ केही कार्यक्रम प्रस्तोताले त खुलेरै श्रीकेश तेल भन्दै कार्यक्रममा आएका पाहुनालाई तेल दिने गर्थे । तर, त्यही तेल ठगी गर्ने माध्यम त होइन भन्ने विषय अनुसन्धानको वियष बनेको छ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेलको गुणस्तरदेखि यो विषयमा अनुसन्धान नै गर्ने भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।
छोटौ समयमै ब्राण्ड बनिसकेको तेल उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले श्रीकेश तेल ३२ वटा जडीबुटी मिश्रित आयुर्वेदिक तेल भएको दाबी गदै आएको थियो । महानगरपालिकाको राजश्व विभागका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले काठमाडौं शान्तिनगर स्थित श्रीकेश उत्पादन गर्ने कारखाना र नजिकै रहेको गोदाममा समेत शिल गरिदिएको छ । पूर्व युवराज्ञी हिमानी शाह, पूर्व राष्ट्रपति, प्रदानमन्त्री देखि वरिष्ठ कलाकार सम्ममो हातहातमा देखिने गरेको यो तेल औषधी व्यवस्था विभागबाट उत्पादनको अनुमतिबिना नै विक्री वितरण भएको देखिएको तथ्य समेत बाहिर आएको छ ।
कपाल झर्न नदिने र उमार्ने दाबी गर्ने गरिएको श्रीकेश तेल जम्मा ४ सय १० एमएलको मूल्य ३ हजार रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो । सामाजिक संजालमा लोकप्रिय बनेका व्यतिmहरुले पनि यो तेलको खुलेरै तारिफ गर्दै भिडियो पोष्टाउने गरेका थिए । तर बैज्ञानिक रुपमा अप्रमाणित तेलबाट तालु नै भएको टाउकोमा समेत कपाल उमार्छ भन्ने तर्क नै गलत भएको चिकित्सकको भनाई छ ।
श्रीकेश उत्पादक कम्पनीले विभिन्न ३२ प्रकारको जटिबुटि मिसाएर तेल बनाएको र यसले कपाल झर्न रोक्ने र नयाँ कमाल उमार्न भन्ने दाबी गरे पनि यसको आधिकारिक अध्ययन अनुसन्धान भएको छैन । मेडिकल काउन्सिल ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेदिक औषधि अभ्यास गर्न दर्ता नभएका डाक्टरले यो व्यवसाय सुरु गर्न पाउँदैनन् भनिएको छ । तर, सप्तऋषि आयुर्वेदका सञ्चालक टीका बुढाथोकी चिकित्सक नभएको तथ्य समेत बाहिर आएको छ ।
साथै श्रीकेश तेलको बोतलमा राखिएको आइएसओ र जिएमपी प्रमाणपत्र पनि नक्कली भेटिएको छ । श्रीकेश तेल कम्पनी उत्पादक कम्पनीले तेल बनाउन प्रयोग भएका जटिबुटिको मिश्रणले कमाल उमार्छ वा उमादैन भन्ने अध्ययन अनुसन्धान बिना तेल विक्रिवितरण मात्र गरेका छैनन् । उनीहरुले अवैध रुपमा कम्पनी संचलान गर्दै मुलुकको कानून समेत पालना गरेको देखिन्न । हाइप्रोफाइलदेखि सरकारलाई प्रभावित पारेको श्रीकेश र यसका सञ्चालकमाथि राज्यले निर्मम भएर कानूनी कारबाही गर्ला ? चासो बढेको छ ।