News 24 Television
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?

मुगु । केही हप्ता पहिले मुगुका चार स्थानीय तहमा रहेको खेतियोग्य जमिनको माटो परीक्षण गरियो । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखियो । हिमाली क्षेत्रमा खेतियोग्य जमिन यसै पनि कम हुने त्यसमा पनि भएको जमिनको माटो नै विग्रदै जाँदा किसान चिन्तामा छन् । 

मुगुमा खेतीयोग्य जमिनको माटो परीक्षणका लागि शिविर सञ्चालन गरिएको थियो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना  कार्यान्वयन ईकाई कार्यालय मुगु र जिल्ला कृषी बिकास कार्यालय मुगुको संयुक्त आयोजना माटो परीक्षण गरियो पनि । 

अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका खत्याड गाँउपालिका, सोरु गाँउपालिका , मुगम कामारोङ्ग गााउपालिका र छाँयानाथ रारा नगरपालिकाको माटो परिक्षण गरिएको हो । 

कस्तो आयो परीक्षणको नतिजा ?

–    १ सय ४३ पि.एच परीक्षण गर्दा क्षारीय ५८
–    तठस्थ ५८
–    अम्लीय २८
–    नाईट्रोजनतर्फ कम २८
–    मध्य १  सय ५
–    अधिक १० 
–    फस्फोरस तत्व कम ४ 
–    मध्यम १४ 
–    अधिक १ सय २५  
–    पोटासतर्फ कम ५८ मध्यम ४६ र अधिक ३९ 

माटो प्रयोगशालाबाट परिक्षण गर्दा आएको रिपोर्टको आधारमा कृषकहरुलाई तालिम तथा गोष्टीमार्फत अम्लीयपना कम गर्न पहल भई रहेको छ । 

माटो विग्रिनुका कारण 

– गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून 
– रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादीको प्रयोग बढ्नु 
– बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु 
– अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु
– भू–क्षय निरन्तर भइरहनु तथा औद्योगिक प्रदूषणको मात्रा बढनु
– कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रेको देखिन्छ ।

माटोको अवस्था विग्रदै गर्दा यसले किसानलाई चिन्तित बनाएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update