News 24 Television
आगोले जलेका तामाङ दम्पतिको उपचारमा आर्थिक अभाव

नुवाकोट । आगोले जलेर गम्भीर अवस्थामा पुगेका नुवाकोटका तामाङ दम्पतिको उपचारमा आर्थिक अभाव भएको छ । 

नुवाकोट जिल्लाको ककनी गाउँपालिका – ७ थर्पुगाउँका मेहन्द्र तामाङ र उनीकी श्रीमती विपना तामाङ यही जेठ २४ गते ग्याँसको रेगुलेटर साँट्नेक्रममा चुहिएको ग्याँसबाट आगो लाग्दा जलेका थिए । 

उनीहरुको हाल कीर्तिपुरस्थित बोन अस्पतालमा आइसीयुमा राखेरउपचार भइरहेको छ । आर्थिक अवस्था समेत कमजोर भएका उनीहरुको उपचारका लागि रकम अभाव भएको छ । उनीहरुको थप उपचारका लागि आफन्तले आर्थिक सहयोगको याचना गरिरहेका छन् । 

आइसीयूमा राखेर उपचार हुँदै गरेका तामाङ दम्पतिको शरीर करिब ४० प्रतिशत जलेको चिकित्सकहरुले बताएका छन् । 

उनीहरुको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले इन्द्र लामा ९८४१८५४३४४ मा सम्पर्क गर्न सक्नेछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update