News 24 Television
चिनीया विशेषताको आधुनिकीकरण, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम

काठमाडाैँ । नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदै गएको छ । चीनतर्फका व्यापारिक नाका खुल्नु  र दुवै देशकातर्फबाट नागरिकस्तरमै एक अर्काको देशमा भ्रमण हुनुले राजनीतिक, आर्थिक मात्र होइन सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको छ । 

काठमाडौंमा आयोजित ‘चिनीयाँ विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवम परराष्ट्रविद् हिरण्ड्यलाल श्रेष्ठले नेपाल चीनको  सम्बन्धबारे हालसम्मका सन्दर्भको चर्चा गरे । उनले आधुनिकीकरणको चिनियाँ अभ्यासको समेत समीक्षा गरे । दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेकाले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण हुने उनले बताए । 

चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फेन्ड्स अन क्लाउड  पल्टफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा नेपालीहरुको आँखामा चिनिया  आधुनिकीकरण  अभ्यास बिषय सम्बन्धि ‘यात्रा अनुभूति संगालो’  नामक पुस्तक पनि विमोचन गरिएको थियो । 

china-1718182800.jpg
 

आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीहरुको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका,भोगेका यात्रा सस्मरणलाई उत्त पुस्तकमा समेटिएको छ । 

‘फेन्ड्स अन क्लाउड  पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिदै जाने र यसले एक अर्काको भौगलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे । 

पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कमविकसित स्वशासित प्रान्त .र राष्ट्रपति सीचिनफिङको अवधारणा र योजना वमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन् ।

सीपीसीको पङ्तीले पर्यावरण, संकृति र धर्मलाई समेत केन्द्रविन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी  श्रेष्ठ  लगायतले नेपाल–चीन सम्बन्ध र आफनो अनुभवबारे जानकारी गराएका थिए । 

कार्यक्रममा वरिष्ठ  कलाकार मदनदास श्रेष्ठले पनि  विगतको आफनो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update