News 24 Television
बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा हुने

काठमाडौँ । सरकारले बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा गर्ने भएको छ । 

सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रुपमा आयोजना गरिरहेको श्रमधान रोजगार मेला मंगलवार वागमती प्रदेशमा हुन लागेको बताए । उनले सरकारले वागमती प्रदेशमा श्रमाधान रोजगार मेला गरेर बिट मार्ने अभियान रहेको बताए । 

उपसचिव सुनुवारले ६ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताए । उनले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान चलाएको बताए ।  

उनले मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टलसहित सहभागिता हुने जानकारी दिए । मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ, केही गर्ने अवसर जुर्यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने उनको दाबी छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update