News 24 Television
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रिया

भरतपुर । फुटबल क्लब,एफसी चितवनुले  नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । 

एफसी चितवनले  भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो। 

अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए।

छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे  विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । 

साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना  र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए।

Mnemonic1-(1)-1717744059.jpg
अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत  विज्ञद्वारा प्रस्तुति गरिएको थियो ।  आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट  विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । 

यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो । अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको  थियो । 

यो अन्तर्क्रिया सँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update