News 24 Television
युरोप बिर्साउने ज्ञानबहादुरको तरभुजा खेती  

कास्की । युरोप जान जोकोही पनि लालायित हुन्छन् । तर १४ वर्ष युरोप बसेर दिक्क भई स्वदेश फर्केका कास्की पोखरा महानगरपालीका २१ स्थित कृस्तीका ज्ञानबहादुर कार्की कृषि कर्ममा रमाएका छन् । खासगरी तराईको बलौटे पाँगो माटोमा तरभुजा खेती राम्रो मानिन्छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ को वनहरा पुल क्षेत्रका स्थानीय नदी तटीय क्षेत्रमा तरभुजा खेती गरी जीविकोपार्जन गर्दै आएका छन् । तर पोखरामा नै ब्यवसायिक रुपमा तरभुजा खेती गरी पोखराको उदाहरणीय किसान बनेका छन् । 

युरोप छोडेर नेपाल फर्कि खेतीपातीमा लागेको सुन्दा तपाँईलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । उनि हुन कास्की, पोखरा महानगरपालीका वडा नम्वर २१ कृष्तीका ज्ञानबहादुर कार्की । १४ वर्ष बेल्जीयम बसेका कार्कीलाई युरोप बस्न मन लागेन र स्वदेश फर्किए अनि खेतिपाती गर्ने सोंच बनाए । एक त युरोप छोडेर देश फर्किएको, अझ त्यसमा पनि तराईमा फल्ने फल तरभुजा फलाउँछु भन्दा गाँउलेहरुलाई पत्यार लागेन ।

 

 ज्ञानबहादुरलाई खिस्सीट्युरी गर्थे । गाँउलेहरुको खिस्सीट्युरी त्यतीबेला गलत सावित भयो, जतिबेला ज्ञानबहादुरले १० रोपनी जग्गामा तरभुजाका फलाएरै देखाए । कास्की जस्तो पहाडी जिल्लामै तराईमा फल्ने तरभुजा फलाउन सफल भएका उनी यतिबेला मनग्गे आम्दानी भएर मख्ख छन् । 

ज्ञानबहादुरले अहिले ५ प्रकारका तरभुजा र खरभुजाको खेती गरेका छन् । तरभुजाको बिरुवा रोपेपछि दोश्रो महिनादेखि फल दिन सुरु हुन्छ भने तीन महिनामा टिप्न मिल्छ । मकै लगाउन भन्दा तरभुजा खेती गर्दा झण्डै तेव्वर बढी आम्दानी हुने ज्ञानबहादुरको अनुभव छ । उनले उत्पादन गरेको तरभुजा बिक्रीका लागि बजार पनि जानु पर्दैन । व्यापारीहरु बारीमै पुग्छन् तरभुजा खरिद गर्न । ज्ञानबहादुरले बारीबाटै प्रति किलो ६० रुपैयाँका दरले तरभुजा बिक्री गरिरहेका छन् । तराई र भारतबाट आउने तरभुजा भन्दा बढी रसिलो र अत्यन्त गुलियो भएकाले आफुले फलाएको तरभुजाको माग अत्याधिक भएको ज्ञानबहादुर बताउछन् ।

कास्कीमै तरभुजाको खेती हुने भएपछि अहिले पोखरा महानगरपालिकाले पनि किसानलाई तरभुजा खेतीमा प्रोत्साहन गर्न थालेको छ । पोखरा महानगरपालीकाका बिभिन्न वडाहरुमा किसानको समुह बनाएर तरभुजा खेती सुरु गरिएका छन् । खेतीमा केही झन्झट नहुने र आम्दानी पनि राम्रै हुने भएकाले तरभुजाको खेतीलाई थप विस्तार गर्ने बताउछन्, पोखरा १३ का अर्का किसान श्रीधरलाल बराल ।

गर्मी मौसममा शितलता दिने उत्कृष्ट फल हो तरभुजा । पोखरा लगायतका पहाडी भूभागमा अहिले भारतीय तरभुजाको व्यापार बढ्दो छ । तर पोखरामै तरभुजा फल्न थालेपछि र किसान पनि यसको खेतीमा आकर्षीत भएको देख्दा केही वर्षमा आयातित तरभुजालाई पोखरामै उत्पादन हुने तरभुजाले विस्थापित गर्नेमा किसानहरु ढुक्क छन् । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update