News 24 Television
भारतमा मतदान सकियो, नतिजा मंगलबार घोषणा हुने

काठमाडौँ । भारतमा करिब साढे दुई महिना लामो आम निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको छ । निर्वाचनको मतगणनापश्चात अन्तिम नतिजा यही जुन ४ (मंगलबार) घोषणा हुने जनाइएको छ । 

भारतको निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा मंगलबार गर्ने जनाएको छ । संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँछ । 

चुनाव सम्पन्न भएसँगै त्यहाँ एक्जिट पोलको अनुमान पनि आउन थालेको छ । यीमध्ये अधिकांशमा भाजपासँगको गठबन्धनमा एनडीएले अग्रता लिइरहेको देखिन्छ।

भारतमा अठारौँ लोकसभा (संसद) चुनावको लागि सात चरणमा मतदान भएको थियो । चैत १६ गते निर्वाचनको मिति घोषणासँगै निर्वाचन प्रक्रिया सुरु भएको थियो भने वैशाख १९ गतेबाट मतदान सुरु भएको थियो । यो प्रक्रिया पर्सि मंगलबार मतगणना र नतिजा घोषणासँगै सकिने छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update