News 24 Television
फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी

काठमाडौं । न्यूरोडमा सडक काटेर फुटपाथको क्षेत्र बढाइएपछि यतिबेला महानगर र सडक विभागको दोहारी चलिरहेको छ । काठमाडौं महानगरले केही हप्ता अघि देखि नै सर्वसाधारणको आवागमन सहजाताका लागि सडक नै काटेर फुटपाथ बढाइरहेको हो । तर यो कदमपछि महानगर र सडक विभागबीच दोहारी चलिरहेको छ ।

सडक विभाले मेयर बालेनलाई उक्त कार्य तत्काल रोकेर भत्काइएको सडक जस्ताको तस्तै बनाउन पटक–पटक निर्देशन दिइसकेको छ । 

गत जेठ ३ गते पहिलो, १३ गते दोस्रो र गत बुधबार तेस्रो पटक पत्र काटेर विभागले महानगरलाई सडक पहिलेकै जस्तो बनाउन नर्देशन दिएको थियो । तर मेयर बालेनले भने उक्त निर्देशन अटेर गर्दै आए । 

तेस्रो पटकको पत्रमा दुई दिनको अल्टिमेटम दिँदै निर्देशन पालना नगरे कारवाहीको चेतावनी पनि दिइएको थियो ।  तर अल्टिमेटम सहितको तेस्रो पटक आएको पत्रलाई बालेनले सामाजिक संजालबाट जवाफ दिँदै ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो नहने तर सोही क्षेत्रलाई फुटपाथ बनाउँदा सडक सानो हुने ? भन्दै प्रतिप्रश्न गरे । 

विगतमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले फुटपाथ बढाउँदा बिरोध गरिरहेको बालेनको भनाइ छ । यसअघि यही विषयमा विषयान्तर गर्दै बालेनले चक्रपथ निर्माणमा ढिलाइ गर्दा प्रदुषण बढेको भन्दै सडक विभाग अघि नै धुलो थुपारिदिएका थिए । 

सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले बालेनलाई लगतार ताकेता गरिरहेका बेला शुक्रबार बसेको महामनगरेको कार्यापालिका बैठकमा पनि वडाध्यक्षहरुले बालेनमाथि प्रश्न उठाए । आफू नै जनप्रतिनिधि रहेको महानगरमा फुटपाथ बढाउने विषय पत्रिका पढेर थाहा पाउनुपर्ने भन्दै सुरु भएको भनाभन लामै समयसम्म चल्यो ।

हाल काठमाडौं महानगरको वडा २४ न्यूरोडमा मा फुटपाथ बढाउने कार्य भइरहेको छ । तर वडा नम्बर २२ का अध्यक्षले सडक घटाएर फुटपाथ बढाइएकोप्रति प्रश्न गरेपछि मेयर बालेनले जवाफ दिनु परेको थियो । 

जवाफमा दैनिक १ लाखभन्दा बढी मानिस आवतजावत गर्ने सडकमा ३ मिटरभन्दा बढीको फुटपाथ चाहिने तर सडक विभागले यसको पालना नगरेकाले महानगरले यो काम गरेको मेयर शाहले प्रष्ट पारे ।

मेयर बालेनले हाल भइरहेको फुटपाथ बढाउने कार्य सम्बन्धित वडामा आएको निवेदनको आधारमा वडाध्यक्षको सहमतिसहित कार्य अघि बढेको पनि दावी गरेका छन् । 

सर्वसाधारणहरुले फुटपाथ सानो भएकाले दुरव्यवहार भएको तथा असहज भएको भनि वडा कार्यालयमा निवेदन आएकोले फुटपाथ विस्तार गरिएको महानगरलले प्रष्टिरण्का दिएका हो । 

सडक डिभिजनले चेतावनी सहित लेखेको पत्रको व्यहोरामा न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको उल्लेख थियो । तर बालेनले यसको जवाफमा काठमाडौैंका सडकहरुनै फुटपाथको मापडण्ड विपरित बनाएकाले सडक विभाग नै यसमा दोषी भएको टिप्पणी गरे ।  

मेयर बालेन शाहले यसअघि न्यूरोडमा पार्किङ निषेध गर्दापनि वडाअध्यक्षहरुबाट आलोचना खेप्नु परेको थियो । सडक कटौति गरेर फुटपाथ विस्तार गरेको विषयमा बालेनले केन्द्र सरकार र वडाध्यक्षहरुको चर्को आलोचना र दवाब खेपिरहेका हुन् । 

फुटपाथ विस्तारको मुख्य उदेश्य सर्वसाधारणको आवगमनमा सहज होस भन्ने नै हो । तर यो कदमप्रति सडक विभाग र केही जनप्रतिनिधि चरम असन्तुष्ट छन् । न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइको कालोपत्रे सडक तथा त्यसको दुवैतर्फ २ दशमलव ४ र २ दशमलव ६ मिटरको फुटपाथ छ । 

यही फुटपाथलाई थप साढे एक मिटर बढाएर स्तरोन्नति गर्ने बालेनको चाहना हो । यदी महानगरको योजना अनुसारको काम भएको अवस्थामा मुख्य सडक खुम्चिएर सात मिटरमा झर्नेछ भने फुटपाथ झन्डै चार मिटरको बन्नेछ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update