काठमाडौं । सुर्तीजन्य पर्दाथ सेवन विश्वमा नै प्रमुख समस्याको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेरका करिब ३ करोड युवा वर्ग कुनै न कुनै सुर्तीजन्य पर्दाथको सेवन गर्ने गरेको छन् । नेपालमा कस्तो छ त सुर्तीजन्य पदार्थ सेवनको अवस्था ?
अहिलेका युवापुस्ताहरु चुरोट तथा सुर्तीजन्य पर्दाथ सेवन फेसनका रुपमा गर्ने गरेका छन् । उनीहरुमा चुरोट, भेप, हुक्का लगायतका सुर्तीजन्य पर्दाथ सेवनले स्वस्थ्यमा पर्ने नकारात्मक असरकोबारेमा भन्दा पनि आफुलाई फेसनएबल देखाउन वा साथी संगतले सुरु गर्ने तर पछि बानी पर्ने गरेको देखिन्छ ।
साथै कतिपयले चुरोट छोड्न भन्दै अन्य वस्तुको प्रयोग जस्तो भेप, सुर्ती लगायत अन्य सेवन गर्दा थप अन्य वस्तुको समेत अम्मलमा फस्ने गरेको विज्ञहरुले औलाएका छन् ।
यस्ता वस्तुको सेवनले विश्वभर वार्षिक ८० लाख र नेपालमा करिब २७ हजार मानिसले अकालमा ज्यान गुमाउँने गरेका छन् । नेपालमा लगभग ५० प्रतिशत पुरुष र ७ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।
डब्ल्यूएचओका अनुसार चुरोट मात्र नभर विद्युतीय चुरोट र निकोटीन पाउचहरू पनि खास गरी युवामाझ नै बढि लोकप्रिय रहेका छ। डब्ल्यूएचओका अनुसार सन् २०२२ मा युरोपमा १२ दशमलव ५ प्रतिशत युवाले र २ प्रतिशत वयस्कले ई–चुरोट वा भेप सेवन गर्ने गरेका छन् ।
नेपालमा पनि २४ वर्ष मुनिका ६ प्रतिशतले भेपको नियमित प्रयोग गर्ने गरेका छन् । यसरी पछिल्लो समय बालबालिका तथा युवापुस्तामा बढ्दो धुवा वा धुवा रहित सुर्तीजन्य पर्दाथको विक्रिवितरण रोक्नका लागि कानून नभएका होइन । तर यस्ता कानुन फितलो हुँदा नियन्त्रणमा आउँन सकेको छैन ।
डब्ल्यूएचओका अनुसार हाल विश्वका १ सय ५१ देशमा ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपान निषेध गरिएको छ । यसरी सार्वजननिक स्थानमा धु्रमपान निषेध गर्ने मुलुकमा नेपाल पनि एक हो ।
साथै सुर्तीजन्य पदार्थ सेवनका कारणबाट उत्पन्न स्वास्थ्य समस्या एवं मृत्युबाट बचाई नागरिकको स्वास्थ्य स्तरमा सुधार गर्न विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीति २०३० को नेपाल सदस्य समेत बनेको छ ।
नेपालले सर्तीजन्य पर्दाथ रोगथाम र नियन्त्रणका लागि निती नियम र निर्देशीका पनि बनाएको छ । तर विडम्बना बनेका नीति नियम प्रभावकारी ढङगबाट प्रयोगमा नआउँदा सुर्तीजन्य पर्दाथ सेवनबाट युवावर्गलाई जोगान भने राज्य असफल देखिन्छ ।