News 24 Television
सुमन कार्की बने इसेवाको ब्रान्ड एन्डोर्सर

काठमाडौं । इसेवा लि. नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ। 

सम्झौता हस्ताक्षर यहि जेष्ठ १५ गते इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रम मार्फत भएको थियो ।  

यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने  जनाएका छन् ।  

लोकप्रिय नेपाली रियालिटी शो कमेडी च्याप्पियनबाट हास्यकला क्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । 

आउने दिनहरुमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुमा उनको कलाकृत  मार्फत ग्राहकहरुलाई मनोरञ्जनात्मक शैलिद्वारा प्रचार प्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर  आशिष गौतमले बताएका छन् । 

इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसार संगै दर्शक र ग्राहकहरुले रमाइलो शैलिको प्रस्तुत सामग्रीहरु पनि देख्न पाउने छन्।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update