News 24 Television
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस !

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएपछि उनका समर्थकहरु सडकमै उत्रिएका छन् । खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालको सार्वभौमिकतामाथि प्रश्न गरेकोदेखि सन्दीपले सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् । यस्तोमा सन्दीप भने समर्थकमाथि भावनात्मक रुपले आफूप्रति सदासयता ल्याउने कोसिसमा जुटेका छन् । 

विश्वकप आयोजना गरेको अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनले अमेरिकाले आफूलाई भिसा नदिएको भन्दै सार्वजनिक रुपमै त्यसको विरोध गरे । सामाजिक सञ्जालमा आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै भिसाको अपेक्षा गरेका उनले नेपाल क्रिकेट संघ क्यान र खेलकुद मन्त्रालयको पहलसम्म गराउने ल्याकत त राखे । तर, अमेरिकाले अहिलेसम्म पनि भिसा दिएको छैन् । 

सन्दीपले किन भिसा पाएनन भन्ने नेपालको परराष्ट्र मन्त्रालयको जवाफमा अमेरिकी दूतावासले व्यक्तिगत कुरा गोप्य हुने भन्दै जवाफ दिन मानेनन् । त्यसपछि सरकारी तवरबाटै पहल भइरहे पनि अमेरिकी दुतावासले सन्दीपलाई अहिलेसम्म भिसा दिएको छैन । यस्तोमा सन्दीपका समर्थक भने सडकमा उत्रिएर भिसा दे भन्दै आन्दोलन गरेका छन् । 

गलत अभ्यासको नजिर

कुनैपनि सार्वभौम मुलुलले कसैलाई आफ्नो मुलुक प्रवेषाज्ञा दिन्न भन्न स्वतन्त्र हुन्छ । यस्तो अभ्यास विश्वका जुनसुकै मुलुकमा हुन्छ । तर, पछिल्लो समय जे विषयमा पनि सीमा नबुझी आन्दोलन गर्ने र सडकमै आइहाल्ने गलत नजिर बस्दै गएको छ । केहि समय पहिले कोरिया जानका लागि परीक्षा दिन पाउनुपर्ने भन्दै आन्दोलन चलेपछि मान्छेको ज्यान नै गयो भने त्यो बेला सरकारमाथि गम्भिर प्रश्न समेत उठ्यो । 

यसरी नै अहिले पनि सन्दीपको हकमा यहि पृवृत्ति देखिन पुगेको छ । अमेरिकाले सन्दीपलाई भिसा नदिने निर्णय उसको सार्वभौमिकताको विषय हो र यसको समाधान कुटनीतिक तवरबाटै हुनुपर्छ । सडकमा उत्रिएर नागरिक चेतनास्तरको खस्किदो अवस्था झल्काउनु भन्दा पनि यो विषय कुटनीतिक भएकाले यसरि नै समाधान खोज्नुको विकल्प छैन । 

अब के गर्न सक्छ नेपालले ?

नेपालले सन्दीपबीना क्रिकेट अधुरो छ भन्ने ठान्ने अवस्थामा अमेरिकामा हुने खेल बहिस्कार गर्न सक्नु पर्छ । कुटनीतिक तवरले पनि समस्या हल भएन भने नेपालले आफ्नो कुरा कडाईका साथ राख्ने र खेल बहिस्कार गर्ने ल्याकत राख्नु पथ्र्यो । तर, नेपाल यो गर्न तयार देखिन्न । सन्दीपको पक्षमा देखिएको माहोललाई नियालीरहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द श्रीमतिसहित अमेरिका उडिसकेका छन् । 

तर, सन्दीपको पक्षमा आउने प्रश्नमा उनी हरेकपटक सरकारमाथि नै औला देखाएर आफू अर्कै गन्तव्यमा लम्किरहेका छन् । यस्तोमा सडकमा उत्रिएर मुलुकको शाख गिराउनु भन्दा कुटनीतिक बन्नुपर्छ । 

अमेरिकाले किन दिएन भिसा ?

सन्दीपलाई अ‍ेमेरिकी दूतावासले यसअघि २०१९ मा पनि पहिलो पटक भिसा दिन अस्वीकार गरेको थियो । त्यो बेला पनि उनले यसैगरि सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई फेरि बोलाएर भिसा दिइएको थियो । अहिले पनि यस्तै सोचेका सन्दीपलाई अमेरिकाले मतलब गरिरहेको छैन । 

भिसा नदिनुमा बलात्कार जस्तो गम्भीर फौजदारी अभियोगमा सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभइसकेको र अदालतको फैसलामाथि सार्वजनिक रुपमै प्रश्न उठिरहेकाले अमेरिका हच्किएको देखिन्छ । 

भिसा दिएर सरकारी पक्ष पुनरावेदनमा जाने स्थिति बन्यो भने उनी उतै लुकेर बस्ने डर पनि अमेरिकालाई छ । यसअघि पनि इन्टरपोलले समात्ने अन्तिम तयारी गरेपछि मात्रै नेपाल आएका सन्दीपमाथि अमेरिका विश्वस्त हुन नसकेका कारण नै भिसा नदिएको दाबी देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update