पशुपतिनाथका चारवटै ढोका खुला गरिँदै
काठमाडौँ । पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको अवस्थामा सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “ भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।”
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । अरू बेला भने १ ढाेका खुला गरेर अरू बन्द गरिन्थ्याे ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय