काठमाडाैँ । नेपाल तरुण दलले सबै खाले भष्ट्रचारकाे छानबिन,सहकारी ठगीकाे छानविन र प्रेस स्वतन्त्रताकाे पक्षमा गंगबुमा मसाल जुलुस आयाेजना गरेकाे छ।
दलका केन्द्रीय सदस्य एबम नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाकाे सयाेजनमा मसाल जुलुस निस्केको थियाे।
मसाल जुुलुस पछिकाे काेण सभामा बाेल्दै निरन्जन थापाले न सत्ता पक्ष न प्रतिपक्ष भष्टाचारीलाई निष्पक्ष कारबाही माग गरे ।
'हिजाे समाजमा गलत काम गर्ने फटाहहरु मुख थुनेर लुकेर हिड्नेगर्थे तर आज चर्काे स्वरमा ट्राई सुट लगाए भगवानकाे रुपमा समाजमा ठगिकाे धन्दा गर्ने गिराेह नै हावि भएकाे छ,' उनले भने ।
मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदीप थापा,सुमन गिरी पुष्कर बास्ताेला,पशुपति पाेखरेल उमेश श्रेष्ठ,सेतेमान तामाङ,पार्टिका महासमिति सदस्यहरु शुलिल भट्ट,सानुकाजि प्रजापति नेविसंघका केन्द्रीय सदस्यहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।