काठमाडौं । गत मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका थिए । उनको गिरफ्तारीको विषयलाई लिएर राजनीति दलहरुसमेत विभाजित छन् । सत्ता पक्षले यसलाई अदालतको आदेश बमोजिक पक्राउ गरिएको दावी गरिरहेको छ ।
उता प्रतिपक्षी दलहरुले भने सरकारले सिरोहियालाई प्रतिशोध साँधेर पक्राउ गरेको जिकिर गरिरहेको छ । सहकारी प्रकरणमा संसदीय छानविन समितिको कार्यादेश तोक्ने सम्बन्धमा दलहरुबीच समझदारी बन्न नसकेको अवस्थामा सिरोहिया पक्राउ पर्नुलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता पक्षको विषयान्तर गर्ने कडी भनेको छ ।
दोहोरो नागरिकता प्रकरणमा उजुरी परेका सिरोहियाले आफू छानविनमा सहयोग गर्ने भन्दा भन्दै प्रहरीले जबरजस्ती धरपकड गरेको काँग्रेसको आरोप छ ।
रविविरुद्ध पनि दोहोरो राहधानीको मुद्धा रहेकोमा उनै व्यक्ति गृहमन्त्री बन्न पाउने तर सोही प्रकरणको मुद्धामा सिरोहियालाई थुन्नु सरकारको प्रतिशोपूर्ण भाव रहेको काँग्रेसको तर्क छ । रवि र सिरोहियको एकै प्रकरणको मुद्धा रहेको तर राज्यले उनै व्यक्तिहरुलाई फरक फरक व्यवहार गर्नु नाजायज विषय भएको प्रतिपक्षीको दावी छ ।
सिरोहियमा पक्राउपछि काँग्रेसले यसको घोर विरोध गरिरहेको छ भने कतिपयले गिरफ्तारीको समय र शैलीप्रति नमिलेको भन्दै आपत्ति जनाइरहेका छन् । यसमा सत्ता पक्षकै कतिपय नेताहरुबाट पनि सरकारको आलोचना भइरहेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ र नेपाल मिडिया सोसाइटी लगायतले सिरोहियालाई संचारगृहबाटै पक्राउ गरिएको भन्दै घोर भत्र्सना गरिरहेका छन् । सरकारको यो शैलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष हमला भएको विभिन्न संगठनहरुको ठम्याइ छ ।
सहकारी प्रकरणको विषयमा समाचारहरु छापेकै कारण गृहमन्त्रीले उजुरी दिन लगाएरै सिरोहियामाथि प्रतिशोध साँधेको धेरैजसोको टिप्पणी छ । तर सरकारले भने सिरोहियामाथि कुनै प्रतिशोध नरहेको प्रष्टिकरण दिइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरोहिया अदालतको आदेश अनुसार पक्राउ परेको बताइसकेका छन् । त्यस्तै सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सिरोहिया पक्राउ पर्नुको कारणबारे धारणा राखिसकेका छन् ।
गृहमन्त्री र कान्तिपुरबीच लामो समयदेखि दोहोरी चलिरहेको थियो । सहकारी प्रकरणको विषय संसद र सडमा पेचिलो बनिरहेको अवस्थामा सिरोहिया पक्राउ पर्नुलाई विभिन्न पक्षले भिन्न भिन्न टिप्पणी गरिरहेका हुन् ।
यसमा प्रमुख प्रतिपक्षी दलले रवि र ओलीले सहकारी र गिरिबन्धु जग्गा प्रकरणलाई ‘डिसमिस’ गर्न लेनदेन गरेको आशंका पनि गरेको छ । तर प्रधानमन्त्री प्रचण्डले कुनैपनि विषयलाई विषयान्तर गर्न नभइ दोहारो नागरिकता प्रकरणमा छानविन गर्न सिरोहियालाई नियन्त्रणमा लिइएको प्रष्ट पारेका छन् । यदी निर्दोश भए सिरोहिया केही दिनमै छुट्ने पनि प्रधानमन्त्रीले बताइसकेका छन् ।
सिरोहिया अस्वस्थ
गत मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोही दिन जनकपुर पठाइएको थियो ।
बुधबार जिल्ला अदालत उपस्थित गराइएको सिरोहियालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । तर उक्त अवधिमा पनि अनुसन्धान नसकिएपछि शुक्रबार जिल्ला अदालत धनुषाले पुनः ३ दिनको म्याद थप गरेको अवस्था छ । तर म्याद थप गरिको दिन शुक्रबारबाटै सिरोहिया अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
विगतदेखि नै डायबेटिज र उच्च रक्तचापबाट पीडित रहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने र छाती दुख्ने समस्या भएपछि काव्या अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । तर त्यहाँ न्यूरोलोजी लगायतका परीक्षण नहुने भएकाले काव्या अस्पतालमा लगिएको बताइएको छ ।
मुटुमै समस्या देखिएकाले उनको अवस्था जटिल रहेको चिकित्सकहरुको भनाइ छ । सिरोहियाले यसअघि पनि मुटुमा समस्या देखिएपछि भारत गएर उपचार गराएको खुलेको छ । शुक्रबार पनि उनमा स्थास्थ्य समस्या हुँदा मुटुको चालमा गढबढ भएको चिकित्सकहरुले बताएका छन् ।