News 24 Television
वीरमा अपरेसनको ‘कमाण्ड’ सम्हाल्ने महिला टोली, विश्वकै लागि उद्धाहरण

काठमाडौं । महिला तथा स्त्री रोग विशेषज्ञ भन्ने वित्तिकै महिला चिकित्सक तथा अन्य रोग उपचार गर्ने चिकित्सक भन्ने वित्तिकै पुरुष हुन्छन् भन्ने आम साधारण धारणा अहिले पनि व्याप्त छ । तर, यो बुझाई भन्दा फरक वीर अस्पतलाको न्यूरो सर्जकिल विभागमा सर्जरीका लागि आवश्यक विशेष टोली नै महिलाहरुको छ । 

चिकित्सा विद्यामानै निकै जटिल विद्या मानिएको न्यूरो सर्जरीतर्फ वीर अस्पतालले ३५ वर्ष पछि महिला सर्जन टोली पाएको हो । महिला सर्जन टोलीले अहिलेसम्म १ सय भन्दा बढि सर्जरी समेत गरिसकेका छन् । 

यो दृष्य मुलुककै पुरानो अस्पताल वीरको न्यूरो सर्जरी कक्षको हो । यहाँ नेपालकै पहिलो महिला न्यूरो सर्जनहरुको टोली शल्यक्रियामा व्यस्त छन् । 

समान्यतया महिलालाई पुरुषको तुलनामा कोमल ह्दयका रुपमा हेर्ने गरिन्छ । कुनै पनि साहसी काम महिलाहरुले गर्न सक्दैनन् वा कम्जोर हुन्छन् भन्ने सामाजिक धारणा अहिले पनि देखिन्छ । तर, पछिल्लो समय महिलाहरु पनि अवसर पाएको अवस्थामा जुन सुकै कार्य गर्न सक्षम छन् भन्ने उदाहरणका रुपमा वीर अस्पतालको न्यूरो सर्जरी महिला टोलीलाई लिन सकिन्छ । हुनत, शल्यक्रिया गर्न चीलको जस्तो आँखा, सिंहको जस्तो मुटु र महिलाको जस्तो हात हुनुपर्ने मान्यता रहेको पाइन्छ । 

यहि मान्यतालाई स्थापित गदै छन्, वीर अस्पालको न्यूरो सर्जिकल इकाइको यो महिला टोली । न्यूरो सर्जरीका लागि आवश्यक विषेशज्ञ महिला टोलीहरुमा सर्जन डाक्टर नम्रता खड्का, एनेस्थेसियामा पुजा चौरसिया, र सिम्रिका ताम्रकार, नर्स पुनम महर्जनका साथै नर्स सिन्धु गौतमको टोली फेरि एउटा नयाँ केशको सर्जरीमा व्यस्त बनेका छन् । 

डाक्टर नम्रता खड्काको नेतृत्व बनेको यो महिला न्यूरो सर्जनको टोली वीर अस्पतालको मात्र नभएर सिगो मुलुककै पहिलो महिला न्यूरो  सर्जनको टोली पनि हो । 

मुलुक भरी न्यूरो सर्जनमा १ सय १५ जना पुरुष सर्जनको बाहुल्यतालाई तोड्दै अहिले महिला सर्जन पनि अगाडी बढेका छन् । वीर अस्पतालमा न्यूरो सर्जरीको नेतृत्व समालेकी डाक्टर नम्रता खड्कालाई सानै उमेर देखिनै सर्जन हुने इच्छा थियो । उनले सर्जन हुने इच्छा प्रकट गर्दा धेरैले उनलाई गाइनोतर्फको हो भन्ने प्रश्न समेत गर्ने गर्दथे । तर उनलाई न्यूरो सर्जन नै बन्नु थियो । 

यसैगरी महिला सर्जनकै रुपमा रहेकी डाक्टर पूजा चौरसिया पछिल्लो समय सर्जरी विधातर्फ महिलाको आकर्षण बढेको अनुभव सुनाउछन् ।

यस्तै विगत १५ वर्ष भन्दा बढि ओटी नर्सको रुपमा कार्यरत सिन्धु गौतम शल्यक्रिया कक्षमा काम गर्न त्यति सजह नहुने बताउ छन् । 

अन्य समयमा खासै गाह्रो नभए पनि महिनावारीका समयमा घण्टौ शल्यक्रियामा उभिनु पर्ने भएकाले पेनकिरल खाएरसम्म अफ्नो धर्म निभाउँने गरेको उनी बताउछन् ।

अहिले पनि महिला शारीरिक रुपमा कम्जोर हुन्छन्,  उनीहरु भावनात्मक रुपमा कम्जोर हुने हुदाँ चिरफारको काम महिलाले गर्न सक्दैनन् वा चाहदैनन् भन्ने सोच हाबी नभएका होइन । तर वीर अस्पतालमा न्यूरो सर्जरीमा आवश्यक पर्ने सबै विशेषज्ञ टोली महिला देखिनुले चिकित्सा पेशातर्फ महिलाहरुको रुची प्रष्ट मात्र पादैन, यसले महिलाहरु जुनसुकै क्षेत्रमा अबल्ब छन् भन्ने पुष्टि पनि गर्दछ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update