पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
मङ्गलबारे । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ ०६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय