News 24 Television
सहकारीहरुमा मन्त्रीहरुको लगानी, कसको कति ? 

काठमाडौँ । सहकारी संस्थाहरुबाट बचतकर्ताको रकम अपचलन भएको भन्दै पीडितले सरकार गुहारेको वर्षौं भइसक्यो । झण्डै डेढ दर्जन सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएका छन् । पीडितले आफूले वचत गरेको पैसा समेत नपाएर रोइकराई हिड्नु परेको छ । सहकारी संस्थाकै रडाको अहिले सडकदेखि सदनसम्म छ । तर सरकारमै रहेका मन्त्रीहरुले सहकारी संस्थाहरुमा लगानी रहेको भेटिएको छ । 

गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै सडकदेखि सदन तातेको महिनौं भइसक्यो । सहकारी ठगीमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै संसदमा नाराबाजी गरिरहेको छ । पार्टीका भातृ संगठनहरुलाई सडकमा उतारेर गृहमन्त्रीको राजीनामा लागि कांग्रेसले दवाव दिइरहेको छ । 

यसैबीच सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्रीहरुको सहकारी मोह पनि सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा ६ मन्त्रीहरुको कारोबार सहकारी र लघुवित्तहरुमा देखिएको छ । सहकारी तथा लघुवित्तमा सेयर रहेका वचत गरेका मन्त्रीहरुको नावामली यसप्रकार छ । 

१.रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

    जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर
    जुली कुमारी महतोकै नाममा महिला लघुवित्त संस्थामा १ करोड बराबरको सेयर

२.रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

    क्यारिना ऋण तथा बचत सहकारी संस्था २० लाख तलव तथा अन्य आय

३.बलराम अधिकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री 

    साना किसान सहकारीमा १ लाखको  सेयर
    श्रीमति बसुन्धरा पौडेल अधिकारीको २ लाखको सेयर
    सिनजी बचत तथा ऋण सहकारीमा मन्त्री अधिकारीको ५० हजार
    श्रीमतिको नाममा  २ लाखको सेयर

४. भगवती चौधरी, महिला बलबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

    फरवार्ड माइक्रो फाइनान्स लघुवित्तिय संस्थामा २ लाख ४२ हजार १ सय ५ कित्ता सेयर

५. डोलप्रसाद अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    जनसागर सहकारीमा १ करोड १५ लाख नगद 
    श्रीमति अम्बिका केसी १५ लाख नगद
    जनसागर सहकारीमा मन्त्री अर्यालको सेयर १० हजार कित्ता
    श्रीमति अम्बिका केसीको सूवर्णभूमि सहकारीमा १ हजार कित्ता सेयर
    केसीकै नाममा  संयम सहकारीमा  २ हजार कित्ता सेयर
    जनसागर सहकारीबाट २ करोड ऋण

६.बिराज भक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री 

    सिनर्जी कोअपरेटिभ ६ लाख ९६ हजार नगद 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update