प्रधानमन्त्रीको पक्षमा १५७ मत, विपक्षमा शून्य !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले राखेको विश्वासको मतको पक्षमा १५७ मत परेको छ ।
प्रधानमन्त्री भएयता प्रचण्डले चौथो पटक विश्वासको मत पाएका हुन् । विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले विरोध नाराबाजी गरे पनि प्रधानमन्त्रीले अवरोधकै बीच विश्वासको मत पाएका हुन् ।
मतदानका क्रममा कुल १५८ सांसद प्रक्रियामा सहभागी भए । पक्षमा १५७ मत, विपक्षमा शून्य मत तथा १ मत तटस्थ रहेको सभामुख देवराज घिमिरेले सुनाए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय