काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जवाफ पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले पत्रकार सम्मेलन गर्दै रविमाथि गम्भिर प्रश्न उठाएका छन् । गगनले रविलाई तथ्य ल्याएर आफूलाई कारबाही गर्न चुनौति नै दिएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिदै गर्दा अकेक प्रश्नले प्रहार गरेका कांग्रेस महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले पत्रकार सम्मेलन गर्दै जवाफ दिएका छन् । रविले संसदमा उभिएर कांग्रेस र सिंगो देशलाई नै बहकाउन खोजेको आरोप लगाएका छन् ।
रविले गगनमाथि सूचना विदेशीलाई वेचेको आरोप लगाएको विषयमा समेत गगनले सूचना भए कारबाही गर्न चेतावनी नै दिएका छन् ।
गगनले रविविरुद्ध छानविन समितिमा कांग्रेसले किन माग ग¥यो भन्ने विषयमा फेहरिस्त बताउदै गगनले प्रमाण रहेको विषयमा समेत दृढता व्यक्त गरे ।
रविमाथि प्रश्न गर्दै तिमिहरु पनि चोर हौ मैले पनि चोर्न पाउनुपर्छ भन्नेतर्फ लागेको आरोप समेत गगनले लगाए ।
यद्यपी गगन र रविबीचको विवाद थप लम्बिने सम्भावना बलियो बन्दै गएको छ ।