गौशाला चोकका घर र सटरमा महानगरको डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर, भवन तथा टहराहरुमा डोजर लगाएर भत्काएको छ ।
महानगरपालिकाले आईतवार मापदण्ड विपरित सडक अतिक्रमण गरी बनाइएका घर–टहरा र भवन भत्काउन डोजर लगाएको हो । गौशाला चोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरु भत्काएको महानगरपालिकाले बताएको छ ।
महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरु भत्काएको थियो । मापदण्ड विपरित बनाएका महानगरपालिकाभित्रका संरचनाहरु भत्काउने अभियान अन्तरगत आज गौशाला क्षेत्रमा भत्काइएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय