News 24 Television
पौडी खेल्ने क्रममा दाङमा डुबेर एकको मृत्यु

तुलसीपुर ।  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो ।

उनी साथीहरू मिलेर नुहाउन गएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डुबेर मृत्यु भएको अवस्थामा निकालेको थियो । उनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update