News 24 Television
आइएमई पे एप मार्फत च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट खरिद गर्न मिल्ने

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको ‘डिटिएमएक्स ९७७’ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ । 

उक्त कार्यक्रममा बिभिन्न सांगितिक ब्यान्डहरू सँगै, मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन –
पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा रु ५०० मा खरिद गर्न सकिन्छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update