News 24 Television
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते

ओखलढुंगा । ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका रगनी होल्पु स्थित कच्ची सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो ।

लिखुु ४ हाईड्रोपावरको को २ त ८६२६ नम्बरको ट्रयाक्टर दुर्घटनामा खिजीदेम्बा ३ चण्डेश्वरीका २१ वर्षिय आयुष सुनुवारको घटना स्थलमा नै मृत्यु भएको छ ।

उक्त ट्रयाक्टर आज (शुक्रबार) विहान ८ः५० बजेतिर कामदार लिएर होल्पुबाट हाईड्रोपावरको ड्यामसाईड बिमिरे तर्फ जाँदै थियो । सोहि क्रममा अचानक उक्त ट्याक्टरको ट्रली पल्टिन गई ट्रलीले किच्दा सुनुवारको मृत्य भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खिजीदेम्बा ३ कै २७ वर्षिय सुनिल सुनुवार, रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजीका २६ वर्षिय मनोज नेपाली, सोहि स्थान निबासीहरु ३१ वर्षिय श्यामबहादुर सुनुवार, २८ वर्षिय श्यामकुमार श्रेष्ठ, ७० वर्षिय सञ्जय सुनुवार र २८ वर्षिय होमबहादुर सुनुवार गम्भीर घाईते भएका छन् ।

सोही स्थानका २५ वर्षिय निरबहादुर थापा सामान्य घाईते भएका छन । त्यस्तै खोटाङको हलेसी तुवाचुङ् नगरपालिका १ का ४० बर्षिय मनकुमार राई खिजिदेम्बा ३ का मानबहादुर सुनुवार, खोटाङको  हलेसी तुवाचुङ नगरपालिका २ का ३३ वर्षिय, विकास राई, रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजीका १८ वर्षिय मनीराज सुनुवार र सोहि स्थानका २८ वर्षिय मणी सुनुवार सामान्य घाईते भएका छन् ।

दुर्घटनामा घाईते भएका उनिहरुको उद्धार गरी रामेछापको सिरिसे स्थित स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात सोही हाईड्रोपावरको गाडीमा थप उपचारको लागि काठमाण्डौ पठाईएको छ ।  सामान्य घाईते भएका अन्य ६ जना भने स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात काममा फर्किसकेको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालक धनकुटाको महालक्ष्मी गाउँपालिका ५ मुर्तिढुंगाका ३८ वर्षिय यमबहादुर निरौलालाई रामेछाप प्रहरीले नियन्त्रयमा लिएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन भने घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंका प्रहरी निरीक्षक बाष्टिर सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update