News 24 Television
'ट्रेकिङ ट्रेल जिरो टू ८,८४८ टिम'को सगरमाथा आरोहण सम्पन्न 

काठमाडौं । नेपाललाई विश्वमाझ चिनाउन समुद्र सतहदेखि सगरमाथा सम्मको सबैभन्दा छोटो दूरीको विश्वकै एकमात्र ट्रेकिङ ट्रेलको डकुमेन्ट्री टिमले सगरमाथाको सफल आरोहण सम्पन्न गरेको छ।

विश्वप्रख्यात आरोही टेण्डी शेर्पाले १६औं पटकको आरोहण क्रममा वैशाख ३१ गते सोमबार अर्थात् १३ मे विहान ७ बजेर ५२ मिनेटमा जिरो टू ८८४८ को झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।

खोजमूलक यो डकुमेन्ट्रीले विश्वमाझ नेपालको नयाँ पहिचान स्थापित गराउन ऐतिहासिक महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।नेपालको सवैभन्दा होचो स्थान समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको झापाको कचनकवलबाट सुरु भएको यो यात्रा सगरमाथाको चुचुरोमा पुगेर सम्पन्न भएको हो।

photo-2-1715919107.jpg
यससँगै विश्वमाझ समुद्र सतह जिरोदेखि विश्वकै अग्लो चुचुरो ८८४८ सम्मको सवैभन्दा छोटो दूरीको ट्रेकिङ ट्रेल भएको देश नेपालको नामबाट देशले नयाँ पहिचान स्थापित गराउन सम्भव भएको पुष्टि गरेकोछ ।

डकुमेन्ट्रीलाई विश्वब्यापि रुपमा अन्तर्राष्ट्रिय माध्यमबाट प्रशारण गरिनेछ र यसबारेका थप जानकारीहरु आमा दब्लम यूटुयुब च्यानलले प्रशारण गर्दै आएको छ।

यस योजनामा कन्सेप्ट प्रेम बानियाँ, सफल आरोही विश्वप्रख्यात टेण्डी शेर्पा, निर्देशक निरन्जन पाण्डे, सिनेमाटोग्राफी निर्देशक बलराम बुढाथोकी, विश्व साइकल यात्री पुश्कर शाह, ट्याग नेपालका गोविन्द गुरुङ, एटलान्टा निवासी श्रीराम वाग्ले र गाइड आङकाजी शेर्पा सहितको टोली आवद्ध छ।

photo-1715919132.jpg
टिममा प्रमुख छाँयाकार उमंग शाही, सहायक छायाँकार केशव निरौला, सुरज गुरुङ. प्रोडक्सन विष्णु प्रसाद मैनाली, सविन न्यौपाने। स्पटः भिजन राजवंशी, ध्वनीः सौरभ ढकाल, वार्डर बमाउन्टेनगियर, एसोसियट पार्टनरः एमआइसी क्रियसन रहेका छन्।  निर्माण सहयोगीहरु कपिल शरण वाग्ले, राजेन्द्रपाण्डे, लक्ष्मण पराजुली (आलेक्स) जयनारायण साह रहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update