News 24 Television
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीको पक्षमा सत्तारुढ गठबन्धन दलहरुका २८ सांसदले मतदान गरेका छन् ।

बिहीबार प्रतिपक्षी दल नेपाली काँग्रेस र नाउपाको रेशम पक्षका सांसदहरुको नाराबाजीबीच उनले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । विश्वासका मत लिन नदिन विपक्षी सांसदहरुले प्रदेश सभाको बेल घेर्दै नाराबाजी गरे पनि सभामुखले जबरजस्ती प्रस्ताव अघि बढाएका थिए । 

त्यसपछि काँग्रेस र रेशम पक्षका सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए । सभामा सत्ता पक्षका सांसद मात्र बाँकी रहँदा सभामुखले मत विभाजन गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update