News 24 Television
एनसेलको 'सधैँ अन' डाटा अफरले के फाइदा हुन्छ ?

काठमाडौँ । निजी मोबाइल सेवा प्रदायक एनसेलले फाइभजी भिजनमा आधारित ‘सधंै अन’ योजना अन्र्तगत नयाँ स्किम ल्याएको छ । कम्पनीले ल्याएको सधंै अन अन्र्तगतको नयाँ योजनामा अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स नकाटिने दाबी गरिएको छ । अहिलेको डिजिटल युगमा नेपाली ग्राहकलाई फाइभजीका लागि तयार गर्न सधैं अन अन्र्तगत अनावश्यक ब्यालेस नकाटिने योजना ल्याइएको हो । 

अहिलेको युगलाई डिजिटल युग पनि भनिन्छ । अहिले हरेक व्यतिmको हातमा मोबाइल फोनका साथै इन्टरनेट अनिवार्य जस्तै बनेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै निजी मोबाइल सेवा प्रदायक एनसेलले सधैँ अन योजना अन्र्तगत डाटा सकिए पनि पैसा नकाटिने योजना लागू गरेको छ । नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउने उदेश्यले एनसेलले यो योजना सार्वजनक गरेको हो । 

सधैँ अन योजना ल्याएको एनसेलको मूख्य उदेश्य नेपाली ग्राहकहरुलाई ब्यालेन्स सकिने डर हटाएर सधँै डाटा अन राख्न प्रोत्साहन गर्दै नेपाललाई डिजिटलाइजेसनतर्फ लग्नु रहेको कम्पनीको भनाई छ । साथै पछिल्लो समय मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक क्रियाकलाप जस्तैः किनमेल, यात्रा बैंकिङ कारोबार लगायत कामहरु अनलाइनबाटै गर्ने भएकोले यसमा सहजता ल्याउन यो योजनाले मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ । 

नेपालमा १० जनामध्ये दुईजनाले मात्रै डाटा अन राख्नु दुःखको विषय भएकाले यसलाई एनसेलले सम्बोधन गदै एनसेल प्रयोगकर्ताले आश्वयता र आफ्नो बजेट अनुसार डाटा प्याक खरिद गर्न सकिने योजना ल्याएको कम्पनीको भनाई छ । 

सधैं अन योजना अन्र्तगत ं५ दर्जनभन्दा बढी डेटा प्याकहरुलाई २० वटामा झारेको कम्पनीले जनाएको छ । साथै यो योजना अन्र्तगत ग्राहकलाई विद्यमान शुल्कभन्दा २ गुणा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । साथै यो योजनाले प्रयोगकर्तालाई पैसा काट्ने दरले डाटा अफ गर्न आत्तिनुपर्ने झन्झटबाट ग्राहक मुक्त हुने कम्पनीले विश्वास लिएको छ । 

अहिले प्रिपेड ग्राहकका लागि मात्रै उपलब्ध रहेको यो योजना पोष्टपेड ग्राहकका लागि केही समयपछि  ल्याउने तयारी कम्पनीले गरेको छ ।  सधैं अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि पाउने छन् । सन् २०१७ देखि २०२३ को बीचमा नेपालको दूरसञ्चार क्षेत्रको विकास २५ प्रतिशत घटेकाले यस्ता योजनाले नेपालको दुरसंचार विकासमा मदत गर्ने कम्पनीले विश्वास समेत लिएको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update