News 24 Television
चट्टानमा खोपिए अनेक आकृति, पर्यटकको भीड

ओखलढुङ्गा । पछिल्लो समय ओखलढुंगाका विभिन्न पहराका चट्टानमा विभिन्न आकृती कुँद्ने कार्य बढिरहेकोे छ । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले लाखाँै खर्च गरेर यस्ता आकृतिहरु निर्माण भैरहेका छन् । 

ऐतिहासिक महत्व बोकेका स्थानको प्रचारप्रसार गर्न र पर्यटकको प्रमुख आकर्षण गन्तव्य बनाउन चट्टानमा आकृति खोपिएका हुन् । 

ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ स्थित सानो नागिभिरमा एक जना स्थानीयले ढुंगामा बुद्धको आकृति बनाए । झन्डै ४५ लाख रुपैयाँ खर्च गरेर ब्यक्तिगत लगानीमा मुर्तीकारहरुबाट आकृति खोपिएपछि त्यो क्षेत्र अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । 

चट्टानमा कुँदिएको बुद्धको आकृती हेर्न र बुद्धको दर्शन गर्न अहिले अनाकण्टार भिरमा लाम लागेको छ । यता, ओखलढुंगाकै सिद्धिचरण नगरपालिका ११ स्थित ऐतिहाँसिक महत्व बोकेको झाँक्रीढुंगामा पनि महादेवको आकृती खोप्ने काम भैरहेको छ । 

झन्डै ६० लाख रुपैयाँको अनुमानित लागतमा ४५ फिट अग्लो शिबको पूर्णकदको आकृति खोप्ने कार्य भइरहेको हो । नजिकै रहेको थामडाडाँ र यस क्षेत्रमा पर्यटकको सधैँ भिड लाग्ने गरेको छ । उक्त क्षेत्रलाई थप आकर्षित गर्न स्थानीयकै सक्रियता र लगानीमा ढुङ्गामा भगवानको आकृति बनाउने काम तीव्र भइरहेको छ । 

ऐतिहासिक महत्व बोकेको झाँक्री ढुंगालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा आकृति कुँद्न थालिएको स्थानीय बताउँछन ।

सदरमुकामबाट नजिकै रहेकोे र सडक मार्गबाट सजिलै पूग्न सकिने झाँक्री ढुंगामा पूर्वाधार निर्माण सूरु भएदेखि नै पर्यटकको आवतजावत सुरु भएको छ । 

कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातावरण उपयुक्त रहेकाले आकृती निर्माण पश्चात यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने आशा गरिएको छ । 

जिल्लाका विभिन्न स्थानमा रहेका यी र यस्ता खाले ऐतिहासिक महत्व बोकेका र पर्यटनको सम्भाव्यता बोकेका स्थलहरु प्रशस्तै रहेका छन् । तिनीहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गर्न सके जिल्लामा पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update