
काठमाडौँ । सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता दिदै धेरै नँया कार्यक्रम ल्याएको छ । विश्वविद्यालय सुधारका बिषयले प्र्राथमिकता नपाए पनि विद्यालयतहको शिक्षा सुधारमा भने आगामी बर्षका लागि धेरै नयाँ कार्यक्रम ल्याईएको छ । नीति तथा कार्यक्रमले शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने घोषणा समेत गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय तहको शिक्षा सुधारलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रमले ५ बर्ष भित्र सबै वालवालिकालाई आधारभुत शिक्षाकोे पहुँचमा पु¥याउनेदेखि विद्यालयको पहुँचभन्दा बाहिर रहेका वालवालिकालाई बैकल्पिक विधिबाट अनौपचारिक शिक्षा दिने व्यवस्था लागु गराउन खोजेको छ । सामुदायिक विद्यालयमा करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ नागरिकबाट नयाँ पुस्तालाई ज्ञान सिप पुस्तान्तरण गर्ने जस्ता नयाँ कार्यक्रम पनि थप भएका छन् ।
गत वर्षको विद्यालय शिक्षालाई प्राविधिक मैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिईएको छ । राष्ट्रिय पाठ्यक्रम ढाँचा परिमार्जन गरी शिक्षण सिकाई र क्रियाकलापमा सुधार गर्न साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम पनि थपिएको छ । त्यस्तै विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने, दलित विद्यार्थीलाई उ्रच्च प्राविधिक शिक्षामा पहँुच पु¥याउन छात्रवृत्ति दिने व्यवस्था मिलाउने पनि कार्यक्रममा राखिएको छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने, सामुदायिक विद्यालयमा प्राविधिक धारमा कार्यक्रम पूनःसंरचना गर्नेदेखि शिक्षण पेसालाई मर्यादित बनाउने जस्ता कार्यक्रम पनि आगामी आर्थिक बर्षकालागि समेटिएको छ । माध्यमिक तहमा गणित, अग्रेजी र बिज्ञान विषयको शिक्षकको पदपुर्ती गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नसिप गराउने व्यवस्था कार्यक्रममा छ । शिक्षा संकाय नपढेका विद्यार्थीलाई समेत शिक्षण पेशामा ल्याउने कार्यक्रममा उल्लेख छ ।
शिक्षक राजनीतिक दलको सदस्य बन्न नपाउने कानुनी व्यवस्थालाई कार्यान्वयन गराइने भएको छ । चौमासिक रुपमा पारिश्रमिक पाउने शिक्षकलाई अब मासिक रुपमै पारिश्रमिक उपलब्ध गराउने घोषणा गरिएको छ । नेपाल पढ्न आउने विदेशी विद्यार्थीको भिसा प्रक्रिया सहज बनाउन नयाँ कार्यक्रम थप भएको छ । कक्षा ५ सम्म निशूल्क वितरण हँुदै आएको दिवा खाजा कार्यक्रम परिमार्जन गरिने जनाईएको छ । चालु आर्थिक बर्षदेखि सुधारमा आएको पाठ्यपुस्तक छपाई र ढुवानी छिटो छरितो बनाउने व्यवस्था गरिने भएको छ । विपत्बाट बच्ने उपाय सिकाउन १० बर्ष माथिका विद्यार्थीलाई सिप सिकाउने व्यवस्था पनि कार्यक्रममार्फत गरिने भएको छ । ।
विश्व विद्यालय सुधारका लागि भने कुनै नयाँ कार्यक्रम ल्याईएको छैन । यद्यपी विश्व विद्यालयहरुको पाठ्यक्रम समय सापेक्ष रुपमा परिमार्जन गर्ने भन्ने चाँही कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै चिकित्सा शिक्षातर्फ शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालयमा यसै बर्ष देखि मेडिकल कलेज सञ्चालमा ल्याउने भएको छ । पोखरा विश्वविद्यालयबाट पनि चिकित्सा शिक्षा संकाय सुरु गर्ने कार्यक्रममा उल्लेख छ भने उदयपुर, मोरङ र चितवनमा मेडिकल कलेज खोल्न आवश्यक तयारी मिलाउने पनि नीति तथा कार्यक्रमले समेटेको छ ।