News 24 Television
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार (आज) सुनुवाइ हुने भएको छ । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो बहस भएको र सुनुवाइ नसकिएपछि  बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । 

सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update