News 24 Television
विवादमा परेपछि राष्ट्रपतिका सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौँ । विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आइतबार राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले रु १०० को नोटमा नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गर्दा त्यसको त्यसको विरुद्धमा अभिव्यक्ति दिएपछि डा. नेपाल विवादमा परेका थिए । नेपालले  सयको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय अनुपयुक्त समयमा आएको भन्दै टिप्पणी गरेका थिए । 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका नेपालको विवादास्पद अभिव्यक्तिलाई लिएर नागरिक समूहले पदबाट बर्खास्तीको माग गरेका थिए । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उनको अभिव्यक्तिलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

यो पनि पढ्नुस् :

राष्ट्रपतिका सल्लाहकार कस्ता ? नेपालको चिन्ता छैन, भारत रिसाउला भन्ने चिन्ता ठूलो !

chiranjibi-1715491721-1715492415.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update