News 24 Television

काठमाडौं । स्वदेशी उत्पादनको प्रर्दशनी तथा मेलाबाट साना तथा घरेलु उद्यमी व्यवसायीहरुलाई राहत पुगेको अनुभव नेपाली मौलिक उत्पादनमा आवद्ध व्यवसायीहरुको छ । 

बैक तथा वित्तिय संस्थाहरुबाट साना तथा मझौला उद्यमी व्यवसायीहरुले सहुलियतमा कर्जा प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । सरकारले स्वदेशी वस्तुको बजारीकरण तथा प्रर्वद्धन गर्न नसकेको गुनासो साना तथा घरेलु व्यवसायीहरुले गरेका छन् । 

काठमाडौको भृकुटीमण्डपमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको आयोजनामा सञ्चालन भइरहेको अन्तराष्ट्रिय व्यापार मेलामा देश भरबाट सहभागी भएका स्वदेशी उद्यमी व्यवसायीले मेला तथा प्रर्दशनीबाट मौलिक वस्तुको बिक्रीमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।  

कृषि तथा स्थानीय उत्पादनमा आधारित वस्तुहरु प्रति पछिल्लो पटक सर्वसाधारणको आर्कषण बढेको देखिन्छ । 

प्रर्दशनीमा सहभागी सर्वसाधारण स्थानीय मौलिक वस्तु प्रति आर्कर्षित भएको बताउँछन् । सर्वसाधारण उपभोक्तामा नेपाली मौलिक वस्तु प्रतिको आर्कषण बढेको बताउँछन् । 

घरेलु तथा साना उद्यम ब्यापारमा आवद्ध व्यवसायीहरुको उत्पादनलाई बजारीकरण गर्न औधोगिक तथा व्यापारिक मेला उपयोगी हुने भएकोले सरकारीस्तरबाट पनि प्रर्दशनीमा सहयोग रहेको सरकारी अधिकारीहरुको भनाई छ । 

यस पटकको मेलामा स्थानीय तहमा उत्पादन हुने कृषिजन्य वस्तु तथा मौलिक उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहको पनि सहभागिता रहेको छ । 

पछिल्लो पटक अर्थतन्त्र चलायनमान हुन नसकेको अवस्थामा साना तथा मझौला उत्पादनको बजारीकरण र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्न मेला आयोजना गरिएको आयोजकको भनाई छ । 

बैक तथा बित्तीय संघ संस्थाहरुबाट साना तथा मझौला उद्यमी व्यवसायीहरुले सहज रुपमा कर्जा प्राप्त गर्न नसकेको गुनासो पोखेका छन् । 

त्यसैगरी सरकारले मुलुकको स्थानीय उत्पादनको संभावना र अवसरलाई बुझेर स्वदेशी बस्तुको प्रर्वद्धन गर्न बैकिङ संस्थाबाट सरल कर्जा र सरकारले स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने नीति अंगिकार गर्न भने सकेको देखिदैन ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update