News 24 Television
डिजिटल बैंकिङले सहजता नै सहजता

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालमा डिजिटल कारोबार अपरिहार्य जस्तै भएको छ । राजश्व तिर्नदेखि शेयर किनबेच, ठूला व्यापारिक लेनदेन आदिमा कनेक्ट आईपीएस बढी प्रयोग हुने गरेको छ । 

थोक कारोबार मात्रै होइन, किनमेलको खुद्रा भुक्तानीमा बढी प्रयोग हुने मोबाइल बैंकिङ कारोबार विस्तार पनि उत्साहजनक छ । 

त्यति मात्रै होइन, डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबार समेत मितव्यायी र पारदर्शी बनाएको देखिन्छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नै १ करोड ४२ लाख ९१ हजार ८ सय ७७ पटक क्यूआर कोर्डमार्फत रकम भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

यस कारोबार संख्यामा ४२ अर्ब ५६ करोड रुपैयाँ बराबरको रकम भुक्तानी भएको छ । २०८० असार मसान्तसम्मको तथ्यांक हेर्दा भने ९७ लाख ६६ हजार २१६ पटकको कारोबारबाट ३० अर्ब १ सय ४८ रुपैयाँ बराबरको रकम भुक्तानी भएको थियो । 

यो तथ्यांकलाई आधारमान्दा पछिल्लो समय क्यूआर कोर्डमार्फत हुने भुक्तानीले फड्को मारेको भन्न सकिन्छ । हाल कायम भएको डिजिटल उपकरणहरु मध्ये क्विक रेस्पोन्स (क्यूआर), मोबाइल बैंकिङ, वाटेललगायतमा सेवाग्राहीको आकर्षण बढ्दो रहेको छ । 

चिया पसल र रेस्टुरादेखि हस्पिटालिटी सेक्टरसम्म भुक्तानीको सहज माध्यम बनेको छ, क्यूआर कोड । प्रविधिमा पहुँच बढेसँगै विद्युतीय वालेट, प्रिपेड कार्ड, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतका प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । अझ यी उपकरणमार्फत क्यूआर कोड प्रयोगबाट भुक्तानी गर्ने ग्राहक निकै बढेका छन् । 

bank-1715477914.JPG
 


नेपालमा हेर्ने हो भने कोभिड–१९ पछि डिजिटल पेमेन्टको क्षेत्रमा ठूलो विस्तार भएको देखिन्छ । कोभिड समयमा सामाजिक दूरी कायम गर्ने, सकेसम्म नोटको प्रचलन नगर्ने लगायतका विधि अपनाइएकाले डिजिटल प्रयोगले फड्को मारेको हो । यता कृषि बिकास बैंकले पनि डिजिटल साक्षरताका लागि विभिन्न योजना अघि सारेको छ । 

यद्दपि, अझै पनि डिजिटल भुक्तानी शहरी क्षेत्रमा मात्र बढी केन्द्रीत रहेको देखिन्छ । यस तर्फपनि बैंक तथा वित्तिय संस्थाहरूको ध्यान जान आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update