सार्वजनिक भयो डिभी नतिजा, कसरी चेक गर्ने ?

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ । अमेरिकाले २०२५ को लागि खुलाएको डिभीको नतिजा सार्वजनिक गरेको अमेरिकी दूतावासले जनाएको छ।
आवेदकहरुले आफ्नो कन्फरमेसन कोड राखेर नतिजा चेक गर्न सक्ने दूतावासले जनाएको छ ।
जसका लागि dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक इडिभीको नतिजा थाहा पाउने अर्को तरिका नभएको समेत दूतावासले प्रष्ट पारेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय