
काठमाडौं । गीता एभिएसनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरेको छ ।
एभिएसनले शुक्रबार एक कार्यक्रमकाबीच सोमपाललाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली क्रिकेट टोली टि ट्वान्टी विश्वकप खेल्न वेष्टेन्डिज र अमेरिका जाने तयारीमा छ । उक्त टोलीको विदाइ हुन अघि नै गीता एभिएसनले सोमपाललाई ब्राण्ड एम्बेसडर बनाएको हो । २०१४ मा टि ट्वान्टी् विश्व कप खेल्दा समेत टोलीमा समावेश भएका सोमपाल आउँदो जुनमा हुने विश्वकप पनि खेल्दै छन् ।
सोमपाल दुवैपटक विश्वकप खेल्ने टोलीमा पर्ने एक मात्र खेलाडी हुन्। उनले २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्वकपमा नेपालको कान्छो खेलाडीको रुपमा प्रतिनिधित्व गरेका थिए ।
अनुबन्धपछि एभिएसनका महाप्रबन्धक अच्युत गुरागाईंले अब नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको वृद्धि र विकास हुने विश्वास लिएको प्रतिक्रिया दिए । गीता एभिएसन पाईलट ट्रेनिङ, क्याबिन ट्रेनिङ र उडान क्षेत्रका सम्पूर्ण ट्रेनिङ गराउने संस्था हो ।