प्रथम उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप हुँदै

काठमाडौँ । नेपालमा पछिल्लो समय सबैभन्दा लोकप्रिय खेलको रुपमा स्थापित फुटबल खेलको विकासका लागि गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप आयोजना गर्दैछ ।
प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता २०८१ नाम दिइएको उक्त प्रतियोगिता यही वैशाख १५ गतेबाट सञ्चालन गर्नेगरी तयारी भइरहेको छ ।
आयोजकका अनुसार विजेता र उपविजेता टिमलाई नगद पुरस्कार क्रमशः रु ५ लाख र रु ३ लाखको व्यवस्था गरिएको छ । उक्त प्रतियोगितामा १४ स्थानीय तहका १५ टिम सहभागी हुनेछन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय