काठमाडौं । सूचना, समाचार, मनोरञ्जन र सञ्चारको हक स्थापित गराउन प्रतिबद्ध न्यूज २४ टेलिभिजनले स्थापनाको १४ औँ वर्ष पार गर्दै १५ औं वर्षमा प्रवेश गरेको छ ।
२०६७ बैशाख ८ गतेदेखि लोकतन्त्र र लोकतान्त्रिक मान्यतालाई थप परिस्कृत बनाउन र जनताको सञ्चारको हकलाई स्थापित गर्न सञ्चालनमा आएको न्यूज २४ टेलिभिजनले आफ्नो यात्रालाई हरेक वर्ष नयाँ संकल्पका साथ अघि बढाउने प्रयत्न गरिरहेको छ ।
सञ्चार माध्यममाथि विश्वासको संकट देखा परिरहेको बेला न्यूज २४ टेलिभिजनले आम जनता, पीडित र राज्यलाई जनताप्रति जवाफदेही बन्नका निम्ति विभिन्न कार्यक्रम, समाचार तथा विविध आयामबाट सामाग्री पेश गरिरहेको छ ।
न्यूज २४ टेलिभिजनले गरेको योगदान हाम्रा सामाजिक सञ्जाल प्लेटफर्ममा समेत देख्न सकिन्छ । युट्युबमा ३० लाख बढी र फेसबुकमा पनि यहि प्रकृतिका सदस्यले हामीलाई गर्नुभएको विश्वासलाई हामीले प्रमाणको रुपमा लिएका छौ ।
कोहि विदेशमा पीडामा प¥यो, यस्ता पीडितको आवाज बनिरहेको छ, न्यूज २४ टेलिभिजन । स्वदेशमै ठगीमा परे पनि नियामक निकायसम्म पु¥याउने माध्यम न्यूज २४ टेलिभिजन नै बनिरहेको छ । स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितामा विश्वास गर्ने न्यूज २४ टेलिभिजन आम नेपालीको सूचना, सञ्चार र आवाजविहीनको आवाज बनिसकेको छ ।
न्यूज २४ टेलिभिजनका कार्यक्रमहरु सीधा कुरा जनतासँग, कल २४, पावर न्यूज, न्यूज ८, २४ टक, ६ प्रश्न, इटक जस्ता थुप्रै लोकप्रिय र जनप्रिय कार्यक्रम प्रत्यक्ष परोक्ष जनतासँग जोडिएका छन् । टेलिभिजनको दूनियाँमा छुट्टै छाप छाड्न सफल न्युज २४ टेलिभिजन स्थापनाकालदेखि अहिलेसम्म कसैको दबाब र प्रभावमा पर्दैन । स्वतन्त्र र निष्पक्ष भई काम गर्ने न्यूज २४ टेलिभिजनको विशेषता नै हो ।
कोरोना कहर होस वा पछिल्लो समय देश तथा विश्वभर फैलिएको आर्थिक मन्दी नै किन नहोस, एकैनासले जनताको सूचनाको हकलाई केन्द्रमा राख्दै टेलिभिजनले निरन्तर सूचना प्रवाह गरिरहेको छ । हामी सञ्चारको भूमिका निर्वाह गर्ने मामलामा कतै चुकेका छैनौं, कतै डगेका छैनौं ।
राजधानीदेखि देशका कुनाकुनामा समेत हाम्रो दरिलो उपस्थिति रहेको छ । हामी केन्द्रका कुरालाई मात्रै प्राथमिकता दिदैनौ, हाम्रा लागि दुरदराजका विषयहरु पनि उत्तिकै महत्वपूर्ण छन् ।
निष्पक्ष र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसाथ गर्दै निरन्तर सूचना प्रवाह गर्ने सिलसिलामा टेलिभिजनलाई साथ सहयोग प्रदान गर्नुहुने तमाम दर्शकवृन्द्ध, विज्ञापनदाता, कर्मचारी र सरोकारवाला सबैमा हार्दिक धन्यवादसहित कृतज्ञता प्रकट गर्दछौं ।
वैशाखमा वसन्त ऋतुको आगमनसँगै बोट विरुवाले नयाँ पालुवा फाले झैं, हामी पनि हरेक वैशाख ८ लाई विशेष र अविस्मरणीय दिनको रुपमा सम्झिन चाहन्छौं । विरुवाले पुराना पात फालेर पालुवा फाले जस्तै हामी पनि विगतबाट शिक्षा लिदै नयाँ संकल्पसहित जनताको पक्षमा निरन्तर लाग्ने प्रण गर्छाैं ।
जनउत्तरदायी पत्रकारिता गर्ने प्रण गर्छाैं । जनताको सूचनाको हक स्थापित गर्ने दायित्व बोध गर्छाैं । हाम्रो पाइला रोकिने छैन्, डगमगाउने छैन् । पत्रकारिताको धर्म छाड्ने छैनौं ।
टेलिभिजनको दुनियाँलाई नयाँ सोच र विषयवस्तुमाथिको गहिराईसँग जोड्ने प्रयत्न गर्नेछौं । निरपेक्ष साक्षेप र दण्डहिनताको विपक्षमा उभिने छौं ।
तपाई तमाम दर्शक, विज्ञापनदाता, कर्मचारी र सरोकारवालाले निरन्तर सहयोग र सुझावको अपेक्षासहित १५ औं वर्षगाँठको हार्दिक शुभकामनासहित आभार व्यक्त गर्दछौं ।