News 24 Television
२०८० मा भएका १० मुख्य घटनाहरु

काठमाडौं । २०८० सालमा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको घटनादेखि विभिन्न समयमा भएका हत्या, लुटपाट र तस्करीका घटनाहरुले चर्चा पाए । 

हत्या, लुटपाट र तस्करीसँगै ठूलाठूला ठगी र अनियमिता घटनाहरु पनि यो वर्ष विशेष चर्चामा रहे । 

अघिल्ला वर्षहरुजस्तै २०८० सालमा साना ठूलागरी थुप्रै आपराधिक घटनाहरु भए । वर्षको सुरुवातमै माओवादी नेता तथा अर्थमन्त्री वर्षमान पुनको आमाको खुट्टामा गोली लागेको घटनाले तरंगित बनायो । 

त्यस्तै विमानस्थलबाट भएका सुन तस्किरी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका घटनाहरु पनि वर्षभरि नै चर्चामा रहे । समग्रमा हेर्दा २०८० सालमा पनि आपराधिक गतिविधिहरु कम हुनुको साटो झनझन बढेकै देखियो । 

२०८० मा घटेका कैयौ घटनाहरुमध्ये प्रमुख १२ घटनालाई फर्किएर हेरौँ । 

१. २०८० साल वैशाखको सुरुवातमै माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री वर्षमान पुनकी आमा तिर्थमाली पुन बस्ने घरमा गोलि चल्यो ।

पुनकी आमा बस्ने घरमा पाहुना गएका सहायक हवल्दार प्रकाश पुनले बोकेको पैस्तोलबाट निस्किएको गोली तिर्थमाली पुनको गोडामा लागेको थियो । 

२. बैशाख ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेल सहित ९ जना बिरुद्ध मुद्धा दायर ग¥यो । 

सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेल सहित केन्द्रका मेकानिकलतर्फका तत्कालिन सीडीई नवीनकुमार पोखरेल, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि मुद्दा दायर भएको थियो । हाल सुनिल र विकल पक्राउ परेका छन् । 

३. नक्कली भुटानी शरनाथी प्रकरणमा सचिव टेकनारायण पान्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझि, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, भुटानी शरणार्थी नेता टेकनारायण रिजाल लगायतका हाइप्रोफाइल पक्राउ परेको घटना पनि वर्षभरि नै चर्चामा रह्यो । 

यो प्रकरणमा पूर्वगृहमन्त्री, खाँड सहित भुटानी शरणार्थी नेता टेकनारायण रिजाल, सन्दिप रायमाझी छुटेपनि एमाले नेता टोपबहादुर रायमाझी, सचिव पाण्डे सहितका केही आरोपीहरु अझै कारागार मै छन् । 

४. कैलालीको टीकापुरमा ७ प्रहरी र एक नावालकको हत्या भएको काण्डका मुख्य योजनाकारका रुपमा सर्वाेच्च अदालतले दोषी कारार गरी जेल चलान भएका रेशम चौधरी सरकारको सिफारिसमा राष्ट्र«ति रामचन्द्र पौडेलबाट कैद मिनाहा भए । चौधरीलाई रिहा गरिएको विषयले सरकार र राष्ट्रपति वर्षभरि नै आलोचनाको केन्द्रमा रहे । 

५. वानएक्स बेट प्रकरणमा कलाकारहरु मुछिएपछि यो घटना पनि २०८० मा चर्चामा रह्यो । यो काण्डमा मरिचमान श्रेष्ठ बल्छी ध्रुब्र,े राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे लगायत पक्राउ परे ।  

६. ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त तथा पूर्व सहचिव सुधीरकुमार शाह पक्राउलाई पक्राउ ग¥यो । यो घटनामा पक्राउ परेका हाइप्रोफाइलका कारण वर्षभरि नै चर्चित बन्न पुग्यो । 
  
७. सुन तस्करीका घटनाहरु पनि २०८० भरी नै  दोहोरिई रहे । त्रिभुवन विमानस्थलबाट ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेपछि सुन प्रकरणमा छानबिन समिति गठन भयो । 

६० किलो सुन सुन प्रकरणमा माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा र पूर्व उप–राष्ट्र«ति नन्दकिशोर पुनका छोरा दिपेश पुन सहित चिनियाँ नागरीक र हाइप्रोफाइलका व्यक्तिहरु अनुसन्धानमा तानिए । 

८. भक्तपुरको सानोठिमिस्थित बालसुधार गृहका बाल कैदीबन्दीले मच्चाएको ताण्डव पनि २०८० को प्रमुख घटनाको रुपमा रह्यो । २ सय ९७ जना बाल कैदी बन्दी रहेको उक्त सुधार गृहबाट ७६ जना तोडफोड गर्दै सडकमा निस्किएको यो घटनाले समग्र राज्यकै सुरक्षा संवेदनशीलता पनि प्रश्न उठ्यो । 

९. काठमाडौंको तिनकुनेस्थित गैरीगाउँमा एकै पटक चार जनाको विभत्स हत्या भएको घटनाले पनि केही समय काठमाडौ आतंकित बन्यो । यस घटनामा संलग्न रहेको सिन्धुपाल्चोक स्थायी घर भै काँडाघारी विरेन्द्रचोक बस्दै आएका सञ्जय भण्डारीलाई प्रहरीले घटना भएको छोटो समयमै पक्राउ ग¥यो । हत्या भएका चारमध्ये नविन राईले चलाएको मोटरसाईकलमा ठोक्किएको विषयमा विवाद हुँदा यो विभत्स घटना भएको थियो । 

१०. नेपाली कांग्रेस निकट तरुण दलका नेता समेत रहेका गुण्डा नाईके रिगल भनिने युगप्रसाद ढकाललाई राष्ट्र«ति रामचन्द्र पौडेलले बाँकी सजाय कैद मिनाहा गरेपछि राष्ट्र«तिको कदमबिरुद्ध चौतर्फि आलोचना भयो । 

रिगललाई कैद मिना गरिएको प्रकरणमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि राष्ट्रपतिको कदम सर्वाेच्चले उल्टाईदिएको थियो । 

११. तपस्वी भनेर चिनिएका रामबहादुर बमजनले ४ अनुयायी बेपत्ता पारेको भन्दै उजुरी परेपछि सिआईबले पक्राउ गर्याे । बमजन काठमाडौँको बूढानीलकण्ठबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ र विभिन्न देशको मुद्रासहित गरी कूल ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ सहित पक्राउ परेका थिए । 

१२. बासवारी छाला जुता कारखानाको सरकारी जग्गालाई निजि बनाएको भन्दै कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई बयान लिइयो भने उनका भाई अरुण चौधरीलाई पक्राउ नै गरियो । 

यो मुद्दामा अरुण थुनामुक्त भएका छन् भने उनीहरुले निजी बनाएको जग्गा फिर्ता ल्याएको सरकारले घोषणा गरेको छ । 

समग्रमा हेर्दा २०८० मा आर्थिक, राजनीतिक र सामाजिक विषयसँग जोडिएका आपराधिक घटनाहरुमा वृद्धि भएको देखियो । सहकारी, लघुवित्त र मिटरव्याज पीडितहरु वर्ष भरि जसो नै कुनै न कुनै आन्दोलनमा सहभागि भइरहे । 

सहकारी, लघुवित्त र मिटरव्याज पीडितले अझै न्याय पाइसकेका छैनन् । त्यसैले यी घटनाहरु २०८१ मा पनि दोहोरिने निश्चित छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update