News 24 Television
भोलि बिहीबार सार्वजनिक बिदा हुने

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ । उक्त दिन मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद परेकाले  सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार बिदा हुने जनाएको छ । गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको बताइएको छ । 

यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद परेको र सो दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गरेको थियो ।

bida-1712737813.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update