News 24 Television
आज घोडे जात्रा, टुँडिखेलमा घोडचढी कला प्रदर्शन गरिँदै

काठमाडौँ । आज घोडे जात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडे जात्रा मनाइन्छ । याे पर्व विशेषगरी नेपाली सेनाले मनाउँदै आएको छ ।

घोडे जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा बिदा दिइएको छ । जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कला प्रदर्शनी देखाउने गर्दछ ।

 टुँडिखेलमा घोडचढी कला, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्ने तयारी छ ।

टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने गर्दछ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update