काठमाडौं । एमाले नेता तथा केपी ओलीका विश्वासपात्र महेश बस्नेतविरुद्ध फौजदारी अभियोगको जाहेरी दर्ता भएको छ ।
महेशविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको लामो समयसम्म भइसक्यो । तर प्रहरीले प्रारम्भिक अनुसन्धान नै चलिरहेको बताउँदै आएको छ ।
महेश वस्नेतविरुद्धको जाहेरी र बलात्कार आरोपमा कत्तिको सत्यता छ त ? घटनाक्रमहरुले के सम्भाव्यता देखाउछ ।
गएको फागुन ८ गते काठमाडौंको बिजुलीबजारस्थित सनराइज सिटी होमको छैठौं तल्लामा बस्दै आएकी शोभा पाठकमाथि आक्रमण प्रयास भयो । पाठकलाई प्रहरीले तत्काल बानेश्वर वृत्तमा पु¥यायो ।
त्यसपछि महेश बस्नेत पनि त्यहि आएर घटनालाई बाहिर आउन नदिने गरि सेटिङ मिलाइयो । शोभालाई त्यो अपार्टमेन्टबाट त्यहि दिन बाहिर पठाइयो ।
महेश बस्नेतसँग अवैध सम्बन्ध रहेको भन्दै चलेका हल्लालाई मात खुवाउदै सामसूम पारिएको घटनाविरुद्ध शोभा पाठक सञ्चार माध्यममा नै आइन् ।
न्यूज २४ टेलिभिजनको कार्यालयमै पुगेर उनले यो विषयमा केहि खुलासा समेत गरेकी थिइन् ।
शोभा बसिरहेको अपार्टमेन्टमा मोबाइल लुटपाट भएको र उनीमाथि आक्रमण भएको विषय वाहिर आएपनि सरकारले खास कदम नचालेको बताइन्छ ।
यस्तो अवस्था चलिरहेपछि तिनै पाठकले काठमाडौं प्रहरी परिसरमा बलात्कार तथा भ्रुण हत्या आरोपमा जाहेरी दर्ता गराएकी हुन् ।
महेश बस्नेतविरुद्ध चैत्र ७ गते नै हुलाकमार्फत जाहेरी परेपनि प्रहरीले अनुसन्धान गरिरहेको भन्दै सामान्य सोधपुछ र प्रमाण संकलन गरिरहेको दाबी गरेको छ । तर, महिलाले बस्नेतले २ महिना १५ दिनको भ्रुण हत्या गराएको आरोप लगाउदै जाहेरी दिएकी छन् ।
औषधी सेवन गराएको र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरिएको आरोप लगाइएको छ भने उनलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।
ओलीका विश्वापात्र समेत रहेका बस्नेत शुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनेका थिए ।
बस्नेतलाई अधिकांशले गुण्डागर्दी गर्ने गरेको आरोप लगाउने गरेका छन् । तर, बस्नेत आफूले भने यी विषयलाई अस्वीकार गर्ने गरेको पाइन्छ ।
बलात्कार र भ्रुण हत्याको आरोप लागेपनि बस्नेतविरुद्धको यो जाहेरीमा कति सत्यता छ भन्ने विषय भने अनुसन्धानपछि मात्रै थाहा हुनेछ ।