
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा रहेको आशा शिक्षा सदनको छात्रावास भवनकोे उद्घाटन गरिएको छ ।
सूर्यविनायक स्थित ताथलिमा रहेको यो छात्रावास अनाथ, असाहय र गरिव परिवारका विद्यार्थीहरुलाई लक्षित गरि बनाईएको हो ।
५ करोड रुपैयाँ भन्दा बढीको लागतमा बनेको यो छात्रावास भवनका लागि जर्मनी नागरिकहरुको सहयोग छ । निःशूल्क छात्रावास भएकाले यसबाट सहयोगापेक्षीलाई राहत मिल्ने छ ।
काठमाडौं उपत्यकामा मुलुकका अन्य क्षेत्रका विद्यालयमा भन्दा शिक्षाका लागि खर्च बढी लाग्ने गर्छ । लाखौं रकम तिरेर पढ्नेदेखि सामान्य शुल्क समेत तिर्न नसक्नेहरु पनि काठमाडौंमा छन् ।
त्यसैले पनि अनाथ, असाहय र गरिव परिवारका बालबालिका लाई लक्षित गरि भक्तपुरको सूर्यविनायक नगरपालिकाको ताथलिमा आशा शिक्षा सदन सञ्चालित छ ।
बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले सञ्चालित यस विद्यालयले अब निःशूल्क छात्राबासको समेत व्यवस्था गरेको छ ।
शनिबार यस आशा शिक्षा सदनले विद्यालय परिसरमै निर्माण गरेको छात्राबास भवनको उद्घाटन गरेको छ ।
जर्मनी नागरिक मार्गि्रट विर्थ र उनको साथिहरुको ५ करोड भन्दा बढी सहयोगमा निर्माण गरिएको यो छात्रबासको शनिबार माग्र्रिट सहित उनको परिवारका सदस्यहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।
नेपाल घुम्न आएका बेला विद्यालय उमेर समुहका बालबालिकाहरुले श्रम गरीरहेको देखेपछि आफुले विद्यालय बनाउन सहयोग गरेको माग्र्रिट विर्थ बताउँछन् ।
छात्राबासका लागि निर्माण भएका दुई भवन मध्ये एक भवनमा छात्र र अर्काे भवनमा छात्रालाई राखिने छ । एक भवन ६० जना अट्ने क्षमताको छ ।
आवासिय भनव निर्माण गर्न भन्दा अगाडि मार्गिटकै सहयोगमा आशा शिक्षा सदनको विद्यालय भवन निर्माण भएको थियो ।
सन् २०२२ मा निर्माण भई अध्ययन शुरु भएको यो विद्यालयमा अहिले १ सय १० जना भन्दा बढीले अध्ययन गरीरहेका छन् भने ५ कक्षा सम्म अध्ययापन गराईएको छ । तर भविष्यमा यस विद्यालयमा १२ कक्षा सम्म अध्यापन गराईने लक्ष्य राखिएको छ ।
शिक्षाबाट बन्चित हुन पुगेका बालबालिकालाई लक्षित गरि स्थापना भएको आशा शिक्षा सदनलाई जिवन्त बनाउन जर्मनी एमबिसिबाट पनि सक्दो सहयोग रहने नेपालका लागि जर्मनी राजदूत थोमस प्रिन्ज बताछन् ।
शिक्षाबाट बन्चित हुन पुगेका नेपाली बालबालिकाहरुको लागि विद्यालय र छात्रवास निर्माण गर्न आर्थिक सहयोग गरेका मार्गिट वर्थ ले यसभन्दा अगाडि काभ्रेको धुलिखेल अस्पताल निर्माण गर्न र देशको विभिन्न स्थानमा सुद्ध पानि पिउने परियोजनाहरुमा सहयोग गर्दै आएका थिए ।
चन्दा दान गर्दै आएका ८२ वर्षीया मार्गि्रट क्यान्सर जस्तो घातक रोग संग जुधिरहेका छन् ।