News 24 Television
राम्रो गर्नै नदिने भन्दै मन्त्री सुमना जंगिएपछि... 

काठमाडौँ । रास्वपा नेतृ सुमना श्रेष्ठ सांसदमा प्रवेश गरेदेखि नै चर्चामा रहिरहेकी पात्र हुन् । विषयगत छलफलमाथि प्रष्ट धारणा राख्ने प्रवृतिकी उनी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  छिन् । मन्त्री बने लगत्तै उनले केही निर्णयहरु गरिन् जो चर्चामा पनि छन् भने विवादमा पनि छन् । मन्त्री सुमनाले गरेको निर्णमा पछिल्लो समय चर्चा र विवादमा परेको  निर्णय हो शिक्षा मन्त्रालयमा प्रशिक्षार्थी राख्ने तयारी । 

यस विषयमाथि विवाद चर्केका समय उनले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा के विद्यार्थीलाई राजनीति मात्रै सिकाउने हो त ? भन्दै सांसदहरुलाई नै प्रतिप्रश्न गरेकी छन् । 

पछिल्ला दिनहरुमा उनी प्रशिक्षार्थी (इन्टर्न)सम्बन्धी कार्यविधि २०८० गत ल्याएको विषयले चर्चा र विवादमा पनि छन् । मन्त्रालयमा विद्यार्थीलाई प्रशिक्षार्थी कामदारका रुपमा ल्याउने तयारी गरेपछि उनको यो कदमविरुद्ध संसदमा समेत आवाज उठ्यो । 

तर, मन्त्री श्रेष्ठले भने आफ्नो प्रयासको विरोध गर्नेहरुलाई जवाफ दिँदै विद्यार्थीलाई राजनीति गर्न मात्र सिकाउने त भन्दै प्रति प्रश्न गरेकी छन् । विश्वविद्यालयका विद्यार्थीलाई मन्त्रालय र मातहतका ठाउँहरूमा ‘इन्टर्न’का रूपमा काम लगाउन सक्ने गरी कार्यविधि जारी भएको अवस्था छ । तर, कार्यविधिले मन्त्रालयको काममा असन्तुलन ल्याउने र निजामती कर्मचारी निरुत्साहित पार्ने भन्दै राजनीतिक दलका नेता देखि पूर्वशिक्षामन्त्रीले मंगलवार संसदमा विरोध जनाएका थिए । जसको जवाफ दिदै मन्त्री श्रेष्ठले के विद्यार्थीलाई राजनीति मात्र सिकाउने ? हाम्रो देशलाई नेतामात्र चाहिएको हो त ? भन्दै प्रति प्रश्न समेत गरेकी हुन् ।

प्रशिक्षार्थी विद्यार्थीको गोप्य स्रोतमा पहुँच नपुग्ने, विद्यार्थीको रुची अनुसार राखिने, राज्यलाई आर्थिक भार नपार्ने र मन्त्रालयका कर्मचारीको नै नेतृत्व हुने गरी काम सिकाउन खोजीएकाले युवाहरुका लागि यो राम्रो अभ्यास हुने उनको जिकिर छ । तर, उनको यस प्रयासलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वीकार गर्ने छाट देखाएको छैन । 

विद्यार्थीलाई कामदारको रुपमा  प्रयोग गर्दा कार्य सम्पादनमा त्रुटि र समस्या आउने, गुणस्तरीय काम नहुने लगाएतका जोखिम त छन् । यद्दपी, यो प्रयास विकसित राष्ट्रहरुमा केहिहदसम्म भएको भने देखिन्छ । नेपालको प्रशासन व्यवस्थापनमा धेरै कमजोरी रहेकाले यसले गोपनियता लगायत कर्मचारी मनोविज्ञानमा केही प्रभाव पार्ने जोखिम त छ नै तर, जोखिम र चुनौति पार गरेर नै नयाँ पद्दति बस्ने र सुधारका  परिणाम देखिने जिकिर शिक्षामन्त्री श्रेष्ठको छ । 

हुनत, शिक्षाविद्हरु पनि यसबारे एक मतमा भने देखिदैनन् । यद्यपि, धेरैले यो नयाँ अभ्यास भएको र व्यवहारिक शिक्षामा विस्तार ल्याउने अपेक्षा राख्न सकिने बताइरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update