नुवाकोट । १८ बर्षदेखि सिसडोलमा अब्यवस्थीत रुपमा बिर्सजन गरिँदै आएको काठमाडौं उपत्यकाको फोहोरमैला अहिले
बन्चरेडाडाँमा पनि थुपारिँदै आएको छ । केहि बर्ष देखि यहाँ डम्पीङ गरिँदै आइएको फोहोरको अवस्था उस्तै लथालिङ्ग छ ।
ब्यवस्थापनमा काठमाडौ महानगरपालिका चुकेको कुरालाई नर्कान भने सकिदैन । काठमाडौ उपत्यकाको फोहोरमैलाको उत्पादन बर्सेनि एक सय टन भन्दा बढिले बढिरहेको छ ।
काठमाडांैको दिन प्रतिदिनको घना बस्ती बढेसगै आसपासका ग्रामिण बस्तीहरु नगरमा परिणत हुनु यसको मुख्य कारण हो । यसरी काठमाण्डौ र ललितपुरमा उत्पादित फोहोरमैला ब्यवस्थापन गर्न बन्चरेडाडाँमा निर्माण गरीएको ल्याण्डफिल साइटको अस्त ब्यस्त्ता यस्तै छ । अबको ४\५ बर्षमै यो ठाउँ फोहोरको पहाडले भरिएर अर्को साइट खोज्न पर्ने अवस्था नआउला भन्न सकिन्न ।
सरकारले बन्चरे डाँडा साइट निर्माण गर्दा ५०औँ बर्षसम्म पुग्ने भनेको थियो । तर सहरी बिकास मन्त्रालय र काठमाडौ माहानगरपालिकाको लापरर्वाही र असक्षमताका कारण बन्चरेडाडाँ पनि सिसडोलजस्तै फोहोरको पहाड बन्दै छ ।
फोहोर थुर्पान शुरु गरेको २ बर्ष नपुग्दै बन्चरेडाडाँ साइटको सेल १ भरिइसकेको छ । त्यस्तै सेल २ को अवस्था पनि त्यस्तै छ ।
बन्चरेडाडाँमा २०७२ साउनदेखि फोहोर फाल्न थालिएको हो । त्यति बेला काठमाडौबाट दैनिक ११ सय टन हाराहारीमा मात्रै फोहोर निस्कन्थ्यो ।
हालआएर १४ सय टन उत्पादन हुन पुगेको छ । श्रोतमै फाहोर छुट्टयाउने कुहिने र नकुहिने भने पनि सबै प्रकारका फोहोरहरु बन्चरेमा नै लगिदाँ यति चाडैभरिने अवस्था आएको फोहोरमैला ब्यवस्थापन सघंको भनाई छ ।
बन्चरेमा पनि सिसडोलकै नियति दोहोरिनेमा कुनै शंका छैन । त्यहाँका स्थानीय जनताहरु बाँच्न पाउने अधिकार खोज्दै सिहंदरवार धाउन थालेको पनि दशकौँ भइसक्यो । तर सिहंदरवारले उनिहरुको आवाज सुन्दैन, उल्टै प्रहरी प्रशाशन लगाएर दमन गर्न लाग्छ ।
पानीका फोहोर र अश्र्रुग्यास प्रहारगरी घाइते बनाउछ । अहिले बन्चरेडाडाँको अवस्था बिकराल बन्दै गएको छ ।
ल्यान्डफिल साइट बरपर चिल—गिद्ध घुमिरहेका छन । तिनीहरुले घरको कौसी,बरन्डाँ र आगनहरुमा मरेका जनावरहरुको सिनो झार्ने समस्याले स्थानिय हैरानी बनिसकेका छन । गर्मी सिजन शुरुभए सङ्गै हैजा तथा माहामारी फैलिने डरले स्थानियलाई पिरोली रहेको छ ।
स्थानिय ठाकुर घिमिरे भन्छन फोहोरको दुरगन्र्दले घरमा बसेर खानाखान पनि सकिदैन बाहिर हिडडुल गर्न पनि मुस्कील भइरहेको छ । मर्नु न बाच्नुको अवस्था भो ,राज्यले हाम्रो मााब अधिकार हनन् गर्यो,हाम्रो स्वास्थ्य माथी खेलवाड गर्यो स्थानियहरु मिडिया सामु यसरी आफनो ब्यथा सुनाउछन ।
फोहोरको दुरगन्र्द भन्दा अझ डरलाग्दो समस्या अर्को छ, जुन बन्चरेडाडाँमा थुप्रिएको फोहोरको रस (लिचेड) ले कोल्पुखोला प्रदूषित हुँदैछ ।
लिचेड जम्मा गर्न कोल्पुखोला नजिक दुइवटा पोखरी बनाइएका थिए, तर ती पोखरी पनि भरिइसकेका छन ।पोखरी भरिएपछि लिचेड खोलामै मिसिँदै छ ।
त्यहि खोलाको पानी धान,गौ तथा तरकारी खेतिहरुमा लगाईन्छ साथै पशु चौपाएहरुलाई खुवाईन्छ । त्यसले भयानक रोगको सिकार बनाउदै छ । त्यतातिर राज्य बेखबर जस्तै छ ।
सञ्चारकर्मीहरु बन्चरेडाडाँ पुग्दाँ त्यहाँको सशस्त्र प्रहरीको जथ्थाले माथीको आदेश भन्दै गेटबाट प्रबेश गर्न दिएन अब्यवस्थीत रुपमा थुपारेको फोहोरको फोटो खिच्न र बगीरहेको कोल्पुखोलाको लिचेडको भिडियो बनाउन रोक लगायो र म लगायतका सञ्चारकार्मीहरुलाई गेट बाटै फर्काइदियो ।
यसरी प्रबेशमा रोक लगाएको बन्चरेडाडाँ ल्यान्डफिल साइटमा फोहोर ब्यवस्थापन कसरी भइरहेको छ ।भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।
फोहोरको पहाड चुली अग्लिँदै गएको र अनुमान गरिएभन्दा निकै चाँडो भरिने हालतमा पुगेको भने बाहिरै बाट प्रस्ट देखिन्छ ।
यसबारे माहानगरपालीकाको प्रबक्ता नबीन मानन्धरसँग बुझन टेलिफोन गर्दा अहिले ब्यस्त छु भन्दै तर्किन खोजे बोल्न चाहेनन् ।
अहिलेको कानुने फोहोरमैला ब्यवस्थापन गर्ने जिम्मा कानुनी अधिकार स्थानीय तहलाई भएकोले समन्वय गर्न नसकेको उल्लेख गर्दे उनले भने, ल्याण्डफिल साइटको जिम्मा काठमाण्डांै महानगरपालिको लिएको छ ।
तर त्यहाँ माहानगरको मात्र फोहोर जाँदैन । अरु स्थानीय तहसँग समन्वय गर्नपर्ने हुन्छ । यसको निम्ति संयन्त्रको अभाब देखिन्छ ।
आफनो कमजोरी छल्न एकअर्कालाई दोष लगाउने प्रवृत्तिले काठमाण्डौं उपत्यकाको फोहोर समस्या छिट्टै समधान हुने छाटकाट देखिदैन ।
बन्चरेमा अब्यवस्थित ढंगले थुपारीएको फोहोरले सिसडोलकै नियती दोहोर्याउँदै छ ।
ककनी गाउँपालिको वडा न २ मा रहेको बन्चरेडाँडा जहाँ फोहोरमैला बिर्सजन गरिको छ । त्यसले धादिङ्घ धुनिबेसी नगरपालिका केही वडाहरु जो बन्चरेडाडाँ सङ्ग जोडिएका छन् । ती सबै वडाहरु फोहोरबाट प्रभाबित छन ।
ककनी गाउँपालिकाले सार्बजनिक गरेको पाँच महिना अघिको रेर्कड अनुसार यहाँ ५९ जना दीर्घरोगी छन । यस्ता दीर्घरोगीहरु ककनी गापाको १, २ र ३ मा बढी भएको जानकारी गराएको थियो ।
यी वडाहरु ल्याण्डफिल साइटका अति प्रभाबित क्षेत्र हुन । दीर्घरोगीमध्ये धेरै जसो क्यान्सरपीडित छन ।
जहाँ ३९ जनामा क्यान्सर प्रमाणित भइसकेको छ । फोहोर थुपारे देखि हाल सम्म क्यान्सर बाट मात्र १० जना भन्दा बढिको निधन भइसकेको तथ्यांक छ त्यस्तै १२ जना मिर्गौला पिडीत छन । अन्य जटिल रोगका बिरामीहरु प्नि दिन प्रतिदिन बढ्दैछन ।
यस बाहेक फोहोर बोकेका ट्रिपरले अनाहकमा १२ जना भन्दा बढिको ज्यान लिइसकेकोछ ।
हामीले यो नियती कहिले सम्म भोग्न पर्ने हो ? पत्रकारहरु मार्फात स्थानीयहरुले सिंहदरबारलाई प्रश्न तेर्साएका छन ।
कोल्पुखोला आधारक्षेत्र बनाएर बन्चरेडाडाँ ल्याण्डफिल साइट सरोकार समिति निर्माण गरी स्थानियहरुले निरन्तर सघर्ष गरदै आइरहेका छन ।
सरोकार समितीका अध्यक्ष श्री राम ढुङ्गाना भन्छन यहाँका जनताको जिउधनको सुरक्षाको लागी स्वस्थ्यसगं बाच्नपाउने अधिकारको लागी निरन्तर लागीरहने बताउँछन ।
फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भन्दै यहि चैत्र २४ गते देखि वार कि पारको आन्दोलन गर्ने उद्दद्धोष गर्दे लिखित रुपमै सरोकारवाला निकायलाई पत्राचार गरको जानकारी सरोकार समितीका अध्यक्ष श्री राम ढुङ्गाना बताउछन ।
बन्चरेडाडाँका जनता प्रती राज्य उदार हुनैपर्छ । नुवाकोट बाट निर्वाचीत सांसद अर्जुन नर्सिङ्ग केसीले पनि नुवाकोट र धादिङ्गका जनता जो बन्चरेडाडाँ आसपास बसोबास गरीरहेका छन तिनीहरुको अवस्था अत्यन्तै जर्ज बनेकोले राज्यको ध्यानआर्कषण गराए ।
त्यहाँका जनता माथि राज्यले खेलवाड गरेकोले यहि चैत्र २४ गते देखि हुने आन्दोलनमा आफु सहभागी हुने बाध्यत्तामक परिस्थीति नबनोस भन्दै नेता केसीले सभामुख मार्फात ससंदको ध्यानआर्कषण गराएका थिए ।