News 24 Television
सहकारी ठगी : रविसँगै डीपी र कविन्द्र पनि मुछिए, ठगीमा कतै छुटेनन् जीबी

काठमाडौँ । सहकारी ठगी प्रकरणले रवि लामिछानेलाई मात्रै नभएर रास्वपाका शीर्ष नेताहरुलाई समेत समेट्दै नयाँ तरङ्ग सिर्जना गरिदिएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र पार्टीका नेता कबिन्द्र बुर्लाकोटीविरुद्ध पनि सहकारी ठगीको आरोप लागेको छ ।

सहकारी ठगी प्रकरणका बादशाह गितेन्द्रबाबु राई (जीबी) अहिलेसम्म फरार छन् । जीबिलाई पक्राउ गर्ने जिम्मेवारी पाएको प्रहरी र गृह प्रशासन मलेसियामा रहेको पुष्टी त गर्छ तर, पक्राउ कहिले पर्छन भन्ने विषयमा जानकारी दिन असमर्थ रहन्छ । 

जीबी फरार रहेपछि सहाकरी ठगी प्रकरणको फेहरिस्त सार्वजनिक हुनै सकेको छैन् । देशका विभिन्न स्थानमा सहकारी खोल्ने र सर्वसाधारणको बचत हिनामिनामा प्रमुख भूमिका निभाउने जीबी फरार रहेको बेला रवि लामिछानेमाथि पनि सहकारी ठगीको आरोप लागिरहेको छ । संसदमा कांग्रेसले संसदीय समिति माग गरेपनि सत्ता पक्षले बलमिच्याईँ गरिरहेको बेला रास्वपाकै दुई शीर्ष नेतामाथि नै सहकारी ठगीको आरोप लागेको छ । श्रममन्त्री समेत रहेका उपसभापति डीपी अर्याल र सह–महामन्त्री कबिन्द्र बुर्लाकोटीमाथि सहकारी ठगीको आरोपबारे कांग्रेसले संसदमै प्रश्न उठाएको छ । 

कांग्रेसको यस्तो प्रश्नमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने समाचार आएकै भरमा आत्तिनु नपर्ने जवाफ दिदै समाचारको विश्वसनीयतामाथि नै प्रश्न गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जीबी राई चर्चित नाम हो । उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ परे धेरै विषय खुल्ने अपेक्षा गरिएपनि उनी मलेसियामै रहेको बताइन्छ । किन सरकारले जीबीलाई नेपाल झिकाउन सकेको छैन भन्ने विषय नै गम्भीर बनिरहेको छ । नेपालबाट लाखौं श्रमिक मलेसियामा छन् । यस्तो कारण पनि नेपाल–मलेसिया सम्बन्ध विशेष नै छ । तर, सरकार जीबीलाई नेपाल ल्याउन सक्षम बनिरहेको छैन् । जुन विषयमा गम्भीर आशंका गर्न थालिएको छ । 

सहकारी ठगी प्रकरणमा जीबी जोड्नुको कारण हो, डीपी र कबिन्द्रमाथि लागेको ठगी आरोपमा पनि जीबी जोडिनु । गोरखा मिडिया प्रालिमार्फत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा रवि–जीवी सहकार्य र त्यसपछि सहकारीको रकम अवैध भित्र्याइएको विषय नै छानविनको दायरामा आउनुपर्ने हो । तर, यो हुन सकेन् । 

रवि–जीबी कनेक्सनमा रविका दुई विश्वास पात्र डीपी र कबिन्द्रमाथि लागेको आरोपले सहकारी ठगी थप जटिल बनिरहेको र राज्यले यसलाई ढाकछोप गर्ने षडयन्त्र त गर्दै छैन ? आशंका थप बलियो बन्न पुगेको छ । रास्वपाका तीन हर्ताकर्तामाथि नै सहकारी ठगीको आरोप लागेपछि अब सरकारले सुशासनको नारा जप्दै बस्ला वा कारबाहीका लागि कदम चाल्ने प्रयत्न गर्ला ? यो विषय चासोमा छ ।

डीपी–कबिन्द्रमाथिको ठगी आरोप

डीपी अर्याल र कबिन्द्र बुर्लाकोटीले ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्तालाई ठगी गरेको आरोप लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाइसकेको छ । जुन सहकारीमा श्रममन्त्री अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए । 

तर, पछिल्लो एक वर्षदेखि यो सहकारीमा पनि जीबीलाई नै अध्यक्ष बनाइएको देखिन्छ । त्यो पनि डीपी र बुर्लाकोटीकै सक्रियतामा यस्तो भएको दाबी आउन थालेका छन् । हाम्रो नयाँ कृषी सहकारीमा ३४ बचतकर्ताको ४ करोड ९२ लाख वचत फिर्ता नगरेर ठगी गरेको पाइएको छ । 

काठमाडौंको बालुवाटारमा रहेको सहकारीले २०७७ साउन २७ गते गरेको साधारण सभाले डीपीलाई उपाध्यक्ष र सञ्चालक सदस्यमा बुर्लाकोटीलाई चार वर्षे कार्यकालका लागि चयन गरेको थियो । यस्तोमा कार्यकाल नसकी उनीहरुले २०७९ असोज २२ गते जीबीलाई भित्र्याएर आफू बाहिरिएको बताइन्छ । यसरी सहकारी ठगी प्रकरणमा उनीहरु मुछिन पुगेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update