News 24 Television
नमस्ते पेद्वारा' ग्लोबल मनी विक २०२४' मा विविन्न कार्यक्रमहरू सम्पन्न

काठमाडौं ।  नमस्ते पेले 'ग्लोबल मनी विक २०२४' को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उदेश्यका विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । 

जस अन्तगगत नमस्ते पेद्वारा सामाजिक संजालहरु र एप सुचनाहरुमार्फत नमस्ते पे का प्रयोगकर्ताहरु र फलोअर्सले वित्तिय साक्षरता र  समावेकरणको बारेमा जानकारी लिए । वित्तिय साक्षरता र समावेशीकरण बारेमा जानकारी र नमस्ते पेले नेपालमा वित्तिस समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयारी स्टडी मेटेरियल नामक युट्युव च्यालन पनि सार्वजनिक गरेको थियो । 

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरुमा वित्तिय साक्षरता र समावेशीकरण सम्बन्धि सत्रहरु आयोजना गरेको थियो । 

जहाँ युवाहरूले वित्तिय साक्षरता, बजेट, भविष्यका लागि बचतको मुल्य र अन्य सम्बन्धित विषयहरुबारे सिक्ने मौका पाएका थिए । मस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । 

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। 

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (फलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update