
काठमाडौं । कीर्तिपुरमा आयोजित 'आमा दौड प्रतियोगिता'मा झण्डै ७०० आमाहरु दौडिएका छन् । कीर्तिपुर नगरपालिका र एनआरएस स्पोर्टस फाउन्डेसनको सहकार्यमा आयोजित उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको थियो । जसमा करिब ७०० जना आमाहरु सहभागी भएको आयोजकले जनाएको छ ।
खेलकुदमा बालबालिकालाई आकर्षित गराउन आमाहरुलाई नै जागरुक बनाउनुपर्ने उदेश्यका साथ आमा दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहमागी आमाहरु कीर्तिपुर नयाँबजारबाट ल्याकु दरबारसम्म करिब ३ किमी दौडिएका थिए ।
कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले प्रतियोगी आमाहरुलाई स्वागत गरेकी थिइन् । यही कार्यक्रमको अवसरमा उपमेयर शाक्यले १३औं सागकी दोहोरो स्वर्ण तथा एसियाकी कांस्य पदक विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य, राधा श्रेष्ठ, नमिता बज्रचार्य तथा पौडी खेलाडी नयना शाक्यलाई सम्मान गरिन्।
यो दौड प्रतियोगिता अन्तर्राष्ट्रिय महिला दिवस अर्थात (मार्च ८) का दिन गर्ने घोषणा गरिएपनि विविध कारणले यसअघि हुन सकेको थिएन ।