तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल
काठमाडाैँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक अर्यालले कोही व्यक्ति विशेषले गरेको भए पनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताए । उनले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताए ।
सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सिमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए ।
कानून व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरु कानुनी कारबाहीको दायरामा पर्ने गरेको समेत उनले बताए । आफूहरुले व्यवहार हेरेर भन्दा पनि कानून हेरेर अगाडी बढ्नुपर्ने भन्दै उनले व्यावहारिक कानून नहुँदा समस्या भएको बताए ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय