ललितपुरमा ‘ग्याङ् फाइट’ हुँदा दुईको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा
पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको ह–त्या भएको छ ।
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए ।
“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० ०७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय